आइतबार, जेठ ३, २०८३

थाइल्यान्डमा नेपालको पर्यटन प्रवर्द्धन गरिँदै

थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करीब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले थाइल्यान्डमा ‘नेपाल सेल्स मिशन २०२२’ मार्फत नेपालको गन्तव्यको प्रवर्द्धन गरेको छ।

National life

थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रममा नेपालका ११ बिक्रेता पर्यटन व्यावसायिक कम्पनी र थाइल्याडका ४५ भन्दा बढी टुर अपरेटरलगायत करीब ८० जना सरोकारवालाको सहभागिता रहेको थियो।

‘बीटुबी शत्र’ औपचारिक समारोह र नेटवर्किङ डिनर रिसेप्सन भव्यताका साथ सम्पन्न भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ।

पाटा नेपालले थाइल्यान्डस्थित नेपाली राजदूतावास, नेपाल एयरलाइन्स, पाटा अन्तर्राष्ट्रिय र पाटा थाइल्यान्ड च्याप्टर, थाई ट्राभल एजेन्ट्स एशोसिएशन, एसएस ग्रुप थाइल्याण्ड, नेपाली उद्योग परिसंघ (सिएनआइ) र जावलाखेल ग्रूप अफ इन्डस्ट्रिजसँगको सहकार्यमा नेपाल सेल्स मिसन आयोजना गरेको हो।

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत विदेशी स्रोत बजारमा गएर पहिलो पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको पाटा नेपालले जनाएको छ। पाटा नेपालका पदाधिकारीसहित २० पर्यटन व्यवसायीको प्रतिनिधिमण्डलले अगष्ट २ देखि ४ गतेसम्म थाइल्यान्डको सोङखलामा आयोजना हुने छैटौं पाटा डेस्टिनेसन मार्केटिङ फोरममा समेत सहभागिता जनाएको छ।

कार्यक्रममा थाइल्यान्डका लागि नेपालका राजदूत गणेशप्रसाद ढकालले थाई ट्राभल एजेन्टस  तथा आगन्तुकलाई सहज भिसा सेवा, नेपाल भ्रमणको सम्बन्धमा जानकारी तथा अन्य आवश्यक सहयोग प्रदान गर्न नेपाली दूतावासले सक्रिय भूमिका निर्वाह गर्ने बताए। नेपालको पर्यटन क्षेत्रका आकर्षणका बारेमा प्रकाश पार्दै उनले नेपालको पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सहभागीलाई आग्रह पनि गरे।

पाटा अन्तर्राष्ट्रियकी प्रमुख कार्यकारी निर्देशक लिज ओर्टिगेराले महामारीपछिको पर्यटन प्रवर्द्धनका लागि आफू पहिलोपटक सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै पाटा च्याप्टरहरूबीचको सहकार्य तथा समन्वयमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा पाटा नेपाल च्याप्टरको उच्च सक्रियताको प्रसंशा गरिन्। उनले नेपाललगायत  विश्वभरका पाटा सदस्य संस्थाहरू तथा गन्तव्यको पर्यटन पुनरुत्थान एवं प्रवर्द्धनमा पाटाले आफ्नो स्रोत र विशेषज्ञता उपलब्ध गराउने विश्वास व्यक्त गरिन्।  

प्रकाशित: Aug 04, 2022| 10:46 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।