आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महोत्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

महोत्तरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

गौशाला नपा-४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख. ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकामा आज डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

National life

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार गौशाला नपा-४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख. ३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए।

मृतक दिलीपको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ।   -रासस

प्रकाशित: Aug 04, 2022| 10:07 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।