शनिबार, साउन १६, २०८३

नारायणगढको एक गेष्ट हाउसबाट खसेर एक जनाको मृत्यु

नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

चितवन- नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार मंगलबार राति आठ बजेर ३५ मिनेट जादा तीन तला माथिबाट खसेका वीरगञ्ज महानगरपालिका-१ का ४१ वर्षीय कमलेश कुमार साह कानुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीको अनुसार गेष्ट हाउसमा रुम नम्बर १४ मा बसेका उनी तीन तलामाथिबाट खसेको भन्ने जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

घाइते कानुलाई उपचारको लागि भरतुर अस्पताल पठाएकोमा उपचारको क्रममा राति सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 04, 2022| 09:28 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।