मंगलबार, जेठ २६, २०८३

ताइवानको सीमा क्षेत्रमा चीनले थाल्यो सैन्य अभियान

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभियान सुरु गरेको छ।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

काठमाडौं- अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणबाट फर्किएलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभियान सुरु गरेको छ। 

National life

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीट गरेर सैन्य अभियान सुरु गरेको जानकारी दिएका छन्।

उनले लेखेका छन्, ‘पीएलए (चिनियाँ जनमुक्ति सेना)ले ताइवानको आसपास एक संयुक्त सैन्य अभियान सुरु गरेको छ । चीन आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षा दृढताका साथ गर्दछ।’

पेलोसीको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ।

पलोसी २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ हुन्। उनले भ्रमणका क्रममा राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

Shivam cement

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेपछि ताइवान र चीन छुट्टिएका थिए। ताइवानमा स्वायत्त शासन रहे पनि चीनले आफ्नो देशबाट चोइटिएर गएको आफ्नो प्रान्तको रूपमा व्यवहार गर्दै आएको छ। 

ताइवान पुन: चीनकै भूभाग हुनुपर्नेमा चीनको जोड रहेको छ। बिस्तारै ताइवान आफूमा गाभिने चिनको विश्वास रहेको छ।

प्रकाशित: Aug 04, 2022| 07:11 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।