शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • दक्षिण कोरियामा गत महिना आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी

दक्षिण कोरियामा गत महिना आयातित कार बिक्रीमा १२.२ प्रतिशत कमी

कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्यूटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशतकम हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

सियोल- लामो आपूर्ति अभावका कारण दक्षिण कोरियामा आयातित कार बिक्री गत महिना (अगस्ट) मा दोहोरो अंकको गिरावट आएको तथ्याङ्कले बुधबार देखाएको छ। कोरिया अटोमोबाइल्स इन्पोर्टर्स एण्ड डिस्ट्रिब्यूटर्स एसोसिएसनका अनुसार यहाँ आयात गरिएका गाडीहरूको संख्या जुलाईमा २१ हजार ४२३ थियो र यो एक वर्ष पहिलेको भन्दा १२.२ प्रतिशतकम हो।

National life

यस वर्षको पहिलो सात महिनासम्म आयात गरिएका गाडीको घरेलु बिक्री एक लाख ५२ हजार ४३२ रहेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले घटेको हो। 

जर्मनीको बहुराष्ट्रिय कम्पनी बिएमडब्ल्यूले गत महिना पाँच हजार ४९० सवारी साधन बेचेर दक्षिण कोरियामा विदेशी कम्पनीहरूमाझ सबैभन्दा बढी सवारी साधन बेच्ने कम्पनी बनेको छ भने जर्मन कार निर्माता मर्सिडिज बेन्जले दोस्रो धेरै पाँच हजार ४५६ सवारी साधन बिक्री गरेको छ।

त्यसैगरी अडीले एक हजार ८६५, भोक्सवागनले एक हजार ४१ र भोल्वोले एक हजार १८ सावारी साधन बेचेको छ।

यहाँ बेचिएको युरोपेली मोडलका सवारी साधनको सङ्ख्या जुलाईमा १७ हजार ३४० थियो र यो कूल विदेशी कारको ८०.९ प्रतिशत हो। अमेरिका र जापानी ब्रान्डले गत महिना क्रमशः १२.२ प्रतिशत र ६.८ प्रतिशतको बजार पाएका देखिएको छ।

kumari

प्रकाशित: Aug 04, 2022| 00:00 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।