बुधबार, फागुन २०, २०८२

कोरोना महामारी बढेपछि स्वीडेनमा फेरि मास्क अनिवार्य

स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको हो।
 |  बिहीबार, साउन १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १९, २०७९

स्टकहोम- स्वीडेनका स्वास्थ्य संस्थाहरूमा फेरि मास्क प्रयोग अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि अस्पताल तथा नर्सिङ होमहरुमा सबैले मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको हो। 

कोरोनाका कारण पछिल्लो समय कतिपयको मृत्यु भएको र कतिपयको अवस्था गम्भीर रहेको पाइएको छ। स्वीडेनका २१ प्रशासनिक क्षेत्र मध्ये १७ क्षेत्रमा अघिल्लो हप्तादेखि नै स्वास्थ्य संस्थाहरुमा मास्क अनिवार्य गर्न निर्देशन दिइएको थियो। 

त्यसैगरी विमानस्थलहरुमा पनि मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। स्वीडेनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको ताजा विवरण अनुसार अघिल्लो हप्ताको तलुनामा अहिले १३ प्रतिशतले सङ्क्रमितहरुको सङ्ख्या बढेको छ।  

गत जुलाई १८ देखि २४ सम्ममा २१ हजार ७५१ जना सङ्क्रमित भएका थिए। तीमध्ये अधिकांश ७० बर्षभन्दा बढी उमेरका थिए।

प्रकाशित: Aug 04, 2022| 05:45 बिहीबार, साउन १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।