शुक्रबार, मंसिर १९, २०८२

भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै जीवन काँडा कि फूल

‘जीवन काँडा कि फूल’चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शन हुँदै।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं– साहित्यकार झमक घिमिरेको २०६७ को मदन पुरस्कार विजेता कृतिलाई पर्दामा उतारिएको ‘जीवन काँडा कि फूल’ चलचित्र भारतका विभिन्न राज्यमा प्रदर्शन हुने भएको छ । 

National life

नेपालमा दुई वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र १२ भदौदेखि सिक्किम, दार्जिलिङ, कालिम्पोङ, कस्र्याङ मिरिकसँगै उत्तर भारतका विभिन्न राज्यमा प्रदर्शनमा आउन थालेको निर्देशक विनोद विष्टले बताए। गायिका जुनु गौतम कार्यकारी निर्माता रहेको चलचित्रको ट्रेलर हेरेर प्रवासी नेपालीभाषीले माग गरेपछि प्रदर्शन मिति तय गरिएको हो।

चलचित्र मन पराउनेमा निर्देशक विष्ट आशावादी देखिन्छन्। उनले भने, ‘साहित्यकार झमकको जीवनी आफैंमा संघर्षपूर्ण रहेकाले उहाँको कृतिमाथि बनेको चलचित्र भारतका नेपालीभाषी दर्शकलाई बुझ्न र बुझाउन आवश्यक ठानेर प्रदर्शन गर्न लागिएको हो।’ 

चलचित्रमा झमकको सानो छँदाको भूमिका सिलिगुडीकी अवस्था थापा र झमकको किशोरावस्थापूर्वको भूमिकामा काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन्।चलचित्रमा सारिका घिमिरे, किसान सुनार, उमा गिरी, मेनुका प्रधानलगायत कलाकारले पनि अभिनय गरेका छन्।

सिलिगुडीका विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’ ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ फिल्म निर्माण गरिसकेका छन् भने लेखक राधा पौडेलको मदन पुरस्कार विजेता कृति ‘खलंगामा हमला’ माथि सिनेमा बनाउने आधिकारिक घोषणा गरिसकेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 03, 2022| 16:43 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।