शनिबार, चैत ११, २०७९

सप्तकोसी उर्लिंदा श्रीलंका टापुमा त्रास

सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलकाबाट बस्तीमा पसेपछि श्रीलंका टापुका बासिन्दा त्रसित भएका छन्।
 |  बुधबार, साउन १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन १८, २०७९

विराटनगर- सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलकाबाट बस्तीमा पसेपछि सुनसरी बराह क्षेत्रको ६ र ९ को श्रीलंका टापुका बासिन्दा त्रसित भएका छन्। 

National life insurance

बेलकासँग जोडिएका टापुका बासिन्दाले घर छोडेका छन्। श्रीलंका टापुका ३ वटा बस्तीका करिब तीन सय बािन्दा घर छाडेर विद्यालयमा आएर बसेको स्थानीय रामविलास चन्द्रवंशीले जानकारी दिए। उनका अनुसार जनता आधारभूत विद्यालय र कौशिका आधारभूत विद्यालयमा उनीहरू आएर बसेका हुन्। श्रीलंका टापुमा बाढीको जोखिम बढ्दै गएको चन्द्रवंसीको भनाई छ।

श्रीलंका टापुमा रहेका केही परिवार भने मंगलबार नै उदयपुरको भागलपुर र रामपुरमा रहेका आफन्तकोमा पुगिसकेका छन्। मंगलबार जान बाँकी रहेकाहरू टापुमै रहेको चन्द्रवंसीले बताए।

'अहिले टापु क्षेत्रमा रहेकाहरू कतै जान नसक्ने अवस्था छ,’ उनले भने। स्थानीय घर छाड्दै विद्यालयमा आउने क्रममा रहेको उनले बताए। बुधबार बिहान १० बजेदेखि टापु क्षेत्रमा कोसीको पानी पसेको चन्द्रवंसीले बताए। 

श्रीलंका टापुमा रहेकाहरूलाई बराहक्षेत्र नगरपालिकाले उच्च सतर्कता अपनाउन भनेको छ। नगर प्रमुख रमेश कार्कीले भने, ‘अहिले टापु क्षेत्रमा जोखिम नै भइसकेको छैन। तर, हामीले उच्च सतर्कता अपनाउन भनेका छौं।'

worldlink

कोसीले एक सय मिटर कटान गरिसकेको र बाढी तीव्र गतिमा रहेकाले टापु क्षेत्रमा पनि जोखिम हुने भएकाले चनाखो रहन भनिएको उनले बताए। प्रदेशका आन्तरिक मामिला मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित विपद् व्यवस्थापनको टोली बसेर टापु क्षेत्रबाट निर्णय गरिने नगर प्रमुख कार्कीले बताए।

बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को केही  भूभाग श्रीलंका टापु भित्र पर्छ। टापु क्षेत्रमा करिब २ हजार १ सय घरपरिवारको बसोबास रहेको छ।

प्रकाशित: Aug 03, 2022| 01:09. 04 बुधबार, साउन १८, २०७९

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।