आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेलायत पढेर आएका थिए साढे २२ लाख घुससिहत पक्राउ परेका उपसचिव

बेलायत पढेर आएका थिए साढे २२ लाख घुससिहत पक्राउ परेका उपसचिव

नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परेका छन्।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

काठमाडौं- नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित मंगलबार पक्राउ परेका हुन्।

National life

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा नेपालले स्वर्णपदक पाएका थिए। त्यसपछि उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसरसमेत पाएका थिए।

पर्यटन व्यवसायीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार बिहानैदेखि नेपालमाथि निगरानी राखेको थियो। सोही क्रममा अख्तियरको टोलीले नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिँदै गर्दा पक्राउ गरेको हो।

प्याराग्लाइडिङको उडान अनुमतिका लागि उनले घुस मागेको पाइएको अख्तियरले जनाएको छ। पर्यटकीय स्थलमा प्याराग्लाइडिङको अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणले दिने भए पनि  त्यसका लागि मन्त्रालयको सैद्धान्तिक सहमति चाहिन्छ।

नेपालको साथबाट साढे २२ लाख रुपैंया बरामद भए पनि अख्तियारले बुधबार विशेष अदालतमा पेश गरेर पक्राउको म्याद थप गर्ने र थप अनुन्धान थाल्ने जनाएको छ।

प्रकाशित: Aug 03, 2022| 06:45 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।