आइतबार, जेठ ३, २०८३

उपभोक्ताको गुनासो बढेपछि डोटीमा बजार अनुगमन सुरु

जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिँदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरू गरिएको हो।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

डोटी- डोटीमा दैनिक उपभोग्य वस्तुको मूल्यमा व्यापारीले मनोमानी मूल्यवृद्धि गरेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न सुरू गरेको छ। जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिँदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरू गरिएको हो। 

National life

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा उद्योग वाणिज्य संघले संयुक्तरूपमा विभिन्न बजार अनुगमन गर्न थालेका छन्।

यहाँका बजारमा विगतको समयमा चामल प्रतिकिलो रु ८० पर्नेमा हाल ११०देखि १२०, खाने तेल रु ४००, दाल १००, गोलभेँडा १६० पुगेको छ। आलु प्रतिकिलो १००, भिन्डी ७०, काउली ९०, रायोको साग मुठाको ५०, लौका र फर्सी प्रतिकिलो ४० देखि ५० पुगेको उपभोक्ताको गुनासो छ। 

डोटीमा साग तरकारीलगायत अन्य खाद्यान्न वस्तुमा समेत व्यापारीले मनपरि मूल्य बढाएको गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिइएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन्। उनले भनिन्, ‘आफुखुसी दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरी बिक्री वितरण गर्ने व्यापारीलाई कानुनबमोजिम कारबाही गरिने छ, आफुखुसी मूल्यवृद्धि गर्न पाइँदैन।’

बजार मूल्यमा एकरुपता कायम गराउन तथा तोकिएको मूल्यभन्दा बढी मूल्य नलिनसमेत जिल्ला प्रशासनले सबैमा आग्रह गरेको छ। पछिल्लो केही दिनयता जिल्ला प्रशासनले प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, एयरपोर्ट तथा सिलगढीका बजारमा अनुगमनलाई तीव्रता दिएको छ। 

दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि नहोस् र उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले प्रभावकारी बजार अनुगमन शुरू गरिएको प्रशासकीय अधिकृत दीपा जोशीले बताइन्। उनले भनिन्, ‘तोकिएको मूल्यभन्दा बढी रकम लिएर उपभोक्ता ठग्ने जोसुकैलाई तत्काल कारबाही गर्छौँ।’

जिल्लामा मूल्यवृद्धिको कारण देखाइ यहाँका व्यापारीले हरेक वस्तु तथा सेवामा कालोबजारी गर्ने, मनोमानी मूल्यवृद्धि गर्ने, मिति सकिएको वस्तु बिक्री वितरण गर्ने गरेका कारण दिनहुँ उपभोक्ता ठगिने गरेको गुनासो आउने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरले बताए। 

अनुगमनमा टोलीले यहाँको गोपघाट, कालागाढ, बानीड्ग्रीसैनलगायत क्षेत्रमा रहेका पसलमा पनि अहिले अनुगमन गरिरहेको छ। उपभोक्ताका अनुसार यहाँका सहरसहित ग्रामीण क्षेत्रका पसलमा व्यापारीले मनपरि मूल्य लिने गरेका छन्। 

अनुगमन समितिले यहाँका प्रमुख बजारसहित अन्य बजारमा मूल्यसूची, अखाद्य वस्तु भए÷नभएका बारेमा जानकारी लिनाका साथै गोदाममा कति खाद्यवस्तु मौज्दात छ सो विषयमा जानकारी लिन थालेको छ। जिल्लामा उपभोक्ताको अनुहार हेरेर खाद्य वस्तुदेखि अन्य सामानको मूल्य निर्धारण गर्ने चलन रहेको दिपायल सिलगढी नगरपालिका–९ का  रामसिंह साउदले बताए।   -रासस

प्रकाशित: Aug 03, 2022| 06:10 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।