आइतबार, जेठ ३, २०८३

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए।
 |  बुधबार, साउन १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, साउन १८, २०७९

चरीकोट- गत आर्थिक वर्ष २०७८/०७९ मा दोलखा जिल्लाबाट ८० हजार किलोभन्दा बढी विभिन्न प्रजातिका जडीबुटी निकासी भएको छ। गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए। 

National life

हिमाली जिल्ला दोलखामा मजितो, चिराइतो, लोक्ता, धसिङ्गरेजस्ता विभिन्न प्रजातिका जडीबुटी सङ्कलन गरी निकासी गर्ने गर्दछ। वन कार्यालय प्रमुख कार्कीका अनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट ११ हजार दुई सय ३७ किलो र निजी वनबाट ६९ हजार पाँच सय सात किलो जडीबुटी सङ्कलन गरी जिल्ला बाहिर निकासी गरिएको हो। 

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा सामुदायिक वनबाट मझिठो दुई हजार एक सय ५३ किलो, अर्गेली चार हजार चार सय ९५ किलो, लोक्ता तीन हजार दुई सय ४२ किलो र चिराइतो एक हजार तीन सय ४७ किलो निकासी भएको छ। 

त्यस्तै निजी वनबाट चुत्रो ४० हजार पाँच सय ७४ किलो, मझिठो पाँच हजार नौ सय ११ किलो, अर्गेली नौ हजार नौ सय ८५ किलो, लोक्ता दुई हजार किलो, धसिङ्गरे नौ हजार तीन सय ७५ किलो, चिराइतो छ सय १३ किलो र उनिउ एक हजार ४९ किलो निकासी भएको कार्यालयको तथ्याङ्क रहेको छ। 

जिल्लामा सङ्कलित यी विभिन्न प्रजातिका जडीबुटी औषधिका लागि नेपालका विभिन्न ठाउँमा निकासी हुने गरेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। जिल्लामा तीन सय ८१ वटा सामुदायिक वन, एक सय ६४ कबुलियती वन र दुई वटा धार्मिक वन रहेका छन्। सामुदायिक वन २८ हजार आठ सय ९७ हेक्टर, कबुलियती वन ८३ हजार तीन सय ४४ हेक्टर र धार्मिक वन छ सय २१ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

प्रकाशित: Aug 03, 2022| 05:00 बुधबार, साउन १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।