आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विपद् प्रभावितको राहतमा जुट्न गृहमन्त्री खाणको निर्देशन

विपद् प्रभावितको राहतमा जुट्न गृहमन्त्री खाणको निर्देशन

सोमबार रातीको अविरल वर्षापछि मुलुकका विभिन्न भागमा गएको बाढीपहिरो र त्यसबाट प्रभावितको उद्धारमा जुट्न गृहमन्त्री खाणले दिए निर्देशन।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले पुर्‍याएको क्षतिबारे सम्बन्धित जिल्लाका गृह प्रशासनसँग जानकारी लिएका छन्। उनले राहत, उद्धार र व्यवस्थापनमा जुट्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।

National life

गृहमन्त्री खाणले म्याग्दीको मालिका गाउँपालिका–२ रुममा गएको पहिरो, चितवनको भरतपुर महानगर–२९ केराबारीमा गएको पहिरोले पुर्‍याएको सडक अवरोध र चितवनकै इच्छाकामना गाउँपालिकामा गएको पहिरोबाट भएको क्षति, उद्धार र राहत तथा सडक खुलाउन भइरहेको प्रयासबारे जानकारी लिएका हुन्।

गृहमन्त्री खाणले नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशी, चितवनका प्रमुख जिल्ला अधिकारी आशमान तामाङ, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दीका प्रहरी प्रमुख तिलक भारतीलगायतलाई फोन गरेर आवश्यक व्यवस्थापनका लागि निर्देशन दिएका छन्।

विपद् व्यवस्थापनमा समस्या परे मन्त्रालयमा खबर गर्न उनले आग्रह गरेका छन्। सोमबार राती म्याग्दीको मालिका गाउँपालिका–२ मा माथिबाट झरेको पहिरोले घर पुर्दा सात जना बेपत्ता भएकामा दुई जनाको उद्धार गरिएको, दुई जनाको शव फेला परेको छ। अन्य व्यक्ति बेपत्ता छन्। म्याग्दीका प्रमुख जिल्ला अधिकारी रानाले घाइतेको उद्धार र बेपत्ता भएकाको खोजी जारी रहेको बताए।

नारायणगढ–मुग्लिङ सडक खण्डअन्तर्गत भरतपुर महानगर–२९ केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। लेदो बगिरहेकाले तत्काल अवरुद्ध सडक खुल्ने सम्भावना नरहेको चितवनका प्रजिअ तामाङले बताए। मुग्लिङ–नारायणगढ सडक खण्डकै २० किलो र २१ किलोमामा पनि पहिरो गएको छ।

नारायणगढतर्फबाट जुगेडीमा सवारीसाधन रोकिएका र पहिरोका कारण फसेकालाई सरकारी गाडीबाट चितवनसम्म लैजाने काम भइरहेको प्रजिअ तामाङको भनाइ छ।

प्रकाशित: Aug 02, 2022| 14:11 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।