आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणगढ-मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए

नारायणगढ-मुग्लिन हुँदै जाने सवारी साधन नवलपुरमै रोकिए

नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

नवलपुर- पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्।

National life

नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरूद्ध भएपछि जिल्लामा नै सवारी साधन रोकिएको बताए। 

‘नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर–२९ को केराबारी र १७ किलो तथा पृथ्वी राजमार्गअन्तर्गत चितवनकै कुरिनटारमा पहिरो गएको खबर आएको छ’, उनले भने, ‘चितवनतर्फ सवारी साधनको चाप कम गर्नका लागि नवलपुरबाट नारायणगढ–मुग्लिन हुँदै चल्ने सवारी साधनलाई जिल्लाका विभिन्न स्थानमा रोकेका छौं।’

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उदृत गर्दै प्रहरी निरीक्षक थापाले केराबारीमा झरेको पहिरो हटाउन आज दिनभरि लाग्नसक्ने तर नारायणगढ–मुग्लिन सडक हुँदै चल्ने बाहेकका सवारी साधनलाई भने गन्तव्यसम्म जान दिइएको बताए। आइतबार रातिदेखि यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ।  -रासस

प्रकाशित: Aug 02, 2022| 12:39 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।