आइतबार, जेठ ३, २०८३

बानेश्वरको फुटपाथ अवलोकनमा निस्किए मेयर बालेन

स्थानीय घरधनी र व्यापारीको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेका हुन्।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन्। यसअघि फुटपाथ व्यापार मेयर साहले मंगलबार बिहान त्यसको प्रगतिबारे जानकारी लिएका हुन्।

स्थानीय घरधनी र व्यापारीको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलले बताए। अवलोकनका क्रममा मेयर साहले अन्डरग्राउन्ड पार्किङमा सटर राखेर गरिएका व्यापार हटाउन निर्देशन दिएका छन्। 

संघ अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउन्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ। यसअघि काठमाडौं महानगरले सूचना निकालेर अन्डरग्राउन्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न निर्देशन दिएको थियो।

प्रकाशित: Aug 02, 2022| 11:42 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।