शनिबार, वैशाख १२, २०८३

अमेरिकी हवाई आक्रमणमा मारिए अल-कायदा प्रमुख जवाहिरी

अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल- कायदाका प्रमुख नेता अयमान अल-जवाहिरी मारिएका हुन्।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- अमेरिकी कारबाहीमा अल–कायदाका प्रमुख नेता मारिएका छन्। अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी हवाई हमलामा अल- कायदाका प्रमुख नेता अयमान अल-जवाहिरी मारिएका हुन्।

National life

अमेरिकाले आइतबार गरेको ड्रोन हमलामा अलकायदाका नेता ७१ वर्षीय जवाहिरीको मृत्यु भएको पुष्टि गरेको छ।  टेलिभिजनमा सम्बोधन गर्दै बाइडेनले जवाहिरीको मृत्यु भएको पुष्टि गरेका हुन्। 

बाइडेनले उनको मृत्युले न्याय प्रदान गरिएको उल्लेख गरेका छन्। राष्ट्रपति बाइडेनले यो अपरेसनमा कुनै पनि सर्वसाधारणको क्षति नभएको दाबीसमेत गरेका छन्। ‘न्याय प्रदान गरिएको छ, र यो आतंकवादी नेता अब रहेन’, राष्ट्रपति बाइडेनले भनेका छन्।  जवाहिरी सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलाको मुख्य योजनाकारमध्ये एक रहेको अमेरिकाले दाबी गर्दै आएको छ। 

बाइडेनले देशलाई हानी पुर्याउन खोज्नेहरूको विरुद्ध आफू निरन्तर लाग्ने समेत जानकारी गराएका छन्। इजिप्टका नागरिक जवाहिरी संसारको सबैभन्दा कुख्यात आतंकवादीमध्ये एक थिए।

प्रकाशित: Aug 02, 2022| 10:17 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।