आइतबार, जेठ ३, २०८३

अविरल वर्षाका कारण कास्कीका ग्रामीण सडक अवरुद्ध

कतै पहिरो तथा कुनै स्थानमा सडक भासिँदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

कास्की- केही दिनयताको अविरल वर्षाका कारण कास्कीका ग्रामीण तथा छिमेकी जिल्ला जोड्ने सडक अवरुद्ध भएका छन्। कतै पहिरो तथा कुनै स्थानमा सडक भासिँदा बाटो अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

National life

प्रहरीका अनुसार सोमबार साँझ ६:०० बजेदेखि पोखराको बेगनास हुँदै लमजुङको भोर्लेटार जोड्ने पक्की कालोपत्र सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

कास्कीको रुपा गाउँपालिका–१ स्थित गैरीपोखरीमा २५ मिटर जति सडक डेढ फिट तल भासिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। उनका अनुसार सो सडकमा अहिले पूर्णरूपमा सवारीसाधन सञ्चालन रोकिएको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ बिरेठाटी स्थितमा नयाँपुल–घान्द्रुक–उल्लेरी जाने पक्की बाटो पहिरेका कारण अवरुद्ध भएको छ। बिरेठाटी सामुदायिक वनको पाखाको अन्दाजी २५ मिटर माथिबाट सोमबार साँझ पहिरो आई बाटो बन्द भएको बताइन्छ। पर्यटकीय गन्तव्य घान्द्रुक जाने एकमात्र सडक पहिराले अवरुद्ध भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत प्रभावित बनेका छन्।

यसैगरी सोमबार राति १०:०० बजेको समयमा पोखरा–२९ घोतघोतेस्थित पृथ्वीराजमार्गमा वर्षाको कारण नहरको पानी ओभर फ्लो हुँदा राजमार्ग केही समय अवरुद्ध भएको बताइन्छ। पानी सडकमा जाँदा सवारीसाधन फस्ने, दुर्घटना हुने जोखिम भएका कारण पावरहाउस र ताल चोकबाट डाइभर्सन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक तिवारीले सम्बन्धित निकायसँग समन्वय गरी अवरुद्ध भएको बाटो खुलाउने पहल भइरहेको जानकारी दिए। कास्कीमा गत शनिबार रातिदेखि निरन्तर ठूलो वर्षा भइरहेको छ।

अविरल वर्षाका कारण आइतबार बिहान पोखरा–६ मा पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो भने अर्का एक घाइते भए। यसैगरी पोखरा–१३ स्थित कमलपोखरी क्षेत्रका दर्जनौँ घर अविरल वर्षाका कारण डुबानमा परेका छन्। 

प्रकाशित: Aug 02, 2022| 08:58 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।