आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस निकट सांस्कृतिक संघमा चरम विवाद, अध्यक्ष थापाले मनपरी गरेको असन्तुष्ट पक्षको आरोप

कांग्रेस निकट सांस्कृतिक संघमा चरम विवाद, अध्यक्ष थापाले मनपरी गरेको असन्तुष्ट पक्षको आरोप

अध्यक्ष तीर्थ थापाले सांस्कृतिक संघलाई एकलौटी ढंगबाट संचालन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यले विज्ञप्ति जारी गरेपछि संघको विवाद बाहिर आएको हो।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघमा चरम विवाद सृजना भएको छ। अध्यक्ष तीर्थ थापाले सांस्कृतिक संघलाई एकलौटी ढंगबाट संचालन गरेको भन्दै वरिष्ठ उपाध्यक्ष जनार्दन आचार्यले विज्ञप्ति जारी गरेपछि संघको विवाद बाहिर आएको हो।

National life

महाधिवेशन मार्फत पार्टीले संघमा पाँच जना मात्रै पदाधिकारी रहेका छन्। तर अध्यक्ष थापाले वरिष्ठ उपाध्यक्ष आचार्यसहित महामन्त्रीद्वय दुर्गा रायमाझी र रोशनी केसीलाई जानकारी नै नदिई एकलौटी निर्णय गरेको असन्तुष्ट पक्षको आरोप छ। 

असन्तुष्ट पक्षले गत स्थानीय तहको निर्वाचनका बेला सहयोग गरेका कलाकारलाई सम्मान गर्ने नाममा संघका अध्यक्ष तीर्थ थापाले चुनावमा सहयोग गरेका भन्दा आफूलाई आर्थिक सहयोग गरेकालाई बोलाएर सम्मान गरेको, संघको सदस्य नै नरहेका व्यक्तिलाई पनि रकम लिएर तीज कार्यक्रमका लागि क्यानडा जान सिफारिस गरेको, एकलौटी रुपमा तिन सय भन्दा बढी केन्द्रीय पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेको आरोप लगाएको छ। 

वरिष्ठ उपाध्यक्ष आचार्यले अध्यक्ष थापाले संघको सदस्य नै नरहेका व्यक्तिलाई पनि रकम लिएर तीज कार्यक्रमका लागि क्यानडा जान सिफारिस गरेको आरोप लगाए। उनले संघको लेटर प्याड दुरुपयोग गरेर अध्यक्ष थापाले मानव तस्करी गरेको गम्भीर आरोप पनि लगाएका छन्। त्यसैगरी हालै मात्रै कांग्रेस प्रवेश गरेको घोषणा गरेका कलाकार भुवन केसीलाई पनि एका एक संघको केन्द्रीय सदस्य बनाएर चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गराउन पनि थापाले आर्थिक चलखेल गरेको आचार्यको आरोप छ। 

अध्यक्ष थापाले मनपरी गरेको भन्दै अध्यक्ष थापाले नै मनोनीत गरेका केन्द्रीय सदस्य घनश्याम रिजालले पनि राजीनामा दिएका छन्। चर्चित लोकगायक रहेका रिजालले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले कि त नेपाल सांस्कृतिक संघलाई तुरुन्त महाधिवेशनको मिति तय गर्न निर्देशन देओस् नत्र सांस्कृतिक संघको नेतृत्वलाई तुरुन्त बर्खास्त गरोस् भन्ने माग गरेका छन्।

प्रकाशित: Aug 02, 2022| 06:58 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।