शनिबार, साउन १६, २०८३

बर्दियामा लागुऔषधसहित दुई जना पक्राउ

पक्रउ पर्नेमा सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसी रहेका छन्।
 |  मंगलबार, साउन १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १७, २०७९

बाँके- बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जंगलबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

बर्दिया जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी उनीहरूलाई आवश्यक अनुसन्धानका पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। 

प्रकाशित: Aug 02, 2022| 06:14 मंगलबार, साउन १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।