आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काभ्रेस्थलीको 'सुसाइड नोट' : बच्चाबच्चीको औधी माया लाग्छ, छोडेर जान सकिनँ

काभ्रेस्थलीको 'सुसाइड नोट' : बच्चाबच्चीको औधी माया लाग्छ, छोडेर जान सकिनँ

'मेरा बच्चाबच्चीको औधी माया लाग्छ,' दिनेशले छोडेको सुसाइड नोटलाई उद्धृत गर्दै अनुसन्धान अधिकारीले भने, 'मैले बच्चाबच्चीsJ मायाले गर्दा सँगै लैजान यो कठोर कदम चाल्नु परेको हो।'
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा ४ जनाको शव भेटिएको स्थानमा दिनेश पाण्डेले छोडेको सुसाइड नोट भेटिएको छ। सुसाइड नोटमा ४१ वर्षीय दिनेश पाण्डेले श्रीमती र दुई छोराछोरीको ज्यान लिनुपर्ने कारण उल्लेख गरेको प्रहरीको भनाइ छ।

National life

आइतबार दिनेशले ३९ वर्षीया पत्नी सुनितासहित १३ वर्षीया छोरी आशिका र ८ वर्षीया छोरा आशिकको पनि ज्यान लिएर आत्महत्या गरेका थिए। 

चार जनाको शव भेटिएपछि अनुसन्धानका लागि खटिएको प्रहरीका अनुसार दिनेशको नोटमा घटनाको मुख्य दोषी श्रीमतीलाई बनाएका छन्। दिनेशले सन्तानको ज्यान लिने निर्णयबारे पनि सुसाइड नोटमा उल्लेख गरेका छन्।  श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गर्ने भएपछि छोराछोरीलाई एक्लै छाड्न नचाहेको नोटमा लेखिएको छ। 

'मेरा बच्चाबच्चीको औधी माया लाग्छ,' दिनेशले छोडेको सुसाइड नोटलाई उद्धृत गर्दै अनुसन्धान अधिकारीले भने, 'मैले बच्चाबच्चीको मायाले गर्दा सँगै लैजान यो कठोर कदम चाल्नु परेको हो।'

आफूले कुवेतमा ११ वर्षसम्म बसेर कमाएको सम्पत्ति श्रीमती र माइतीले कब्जा गरेको आरोप सुसाइड नोटमा लेखिएको छ। सुनीताको पति आफू भएपनि आफूलाईसमेत श्रीमतीले मोबाइल हेर्न नदिएको आरोप लगाइएको छ। 

आफूलाई श्रीमतीले छिछि-दुरदुर गर्ने र हेप्ने गरेकाले आफूलाई पीडा भएको नोटमा लेखिएको प्रहरीले जानकारी दिएको हो।

प्रकाशित: Aug 01, 2022| 18:49 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।