आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं काभ्रेस्थली हत्या : घटनास्थलमा भेटियो ४ पेज लामो 'सुसाइड नोट'

काठमाडौं काभ्रेस्थली हत्या : घटनास्थलमा भेटियो ४ पेज लामो 'सुसाइड नोट'

'घटनास्थलमा चार पेज लामो सुसाइड नोट भेटिएको छ,' नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले भने।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा एकै परिवारका चार सदस्यको शव भेटिएकोमा घटनास्थलमा 'सुसाइड नोट' भेटिएको छ। आत्महत्या गरेका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको 'सुसाइड नोट' भेटिएको प्रहरीले जानकारी दिएको हो। 

National life

'घटनास्थलमा चार पेज लामो सुसाइड नोट भेटिएको छ,' नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेकप्रसाद राईले भने। राईका अनुसार दिनेशले सुसाइड नोट लेखेका हुन्। उक्त पत्रको अनुसन्धान भइरहेको जानकारी दिएका उनले उक्त नोटमा भएका कुरा भने खुलाउन चाहेनन्।

सोमबार बिहान घरमूली दिनेश पाण्डेसहित उनकी श्रीमती सुनिता र छोराछोरी आशिक र आशिकाको शव भेटिएको थियो।

तीन जनाको शव एक कोठामा छुरा प्रहार गरेको अवस्थामा भेटिएको र दिनेशको शव अर्को कोठामा ब्लेडले घाँटीको नशा काटिएको अवस्थामा भेटिएको थियो। दिनेशले परिवारका तीन जनाको हत्यापछि आत्महत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान छ।

घटनाबारे अनुसन्धान गर्न फरेन्सिक डाक्टरको पनि टोली पुगेको छ। त्रि.वि. शिक्षण अस्पतालबाट डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोलीले अनुसन्धान थालेको छ।

प्रकाशित: Aug 01, 2022| 15:51 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।