शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं काभ्रेस्थली 'हत्या' : सम्बन्धविच्छेदका लागि २ पटक प्रहरीसम्म पुगेका थिए पाण्डे दम्पती

काठमाडौं काभ्रेस्थली 'हत्या' : सम्बन्धविच्छेदका लागि २ पटक प्रहरीसम्म पुगेका थिए पाण्डे दम्पती

'बाबु (दिनेश)ले तीन जनाको छुरा प्रहार गरी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको जस्तो आकलन गर्न सकिन्छ,' उनले बताए। उनका अनुसार दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको छ।
 |  सोमबार, साउन १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन १६, २०७९

काठमाडौं- तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा सोमबार बिहान एकै परिवारका चार जनाको शव भेटियो। तारकेश्वर-२ मा ४१ वर्षीय दिनेश पाण्डे, श्रीमती सुनिता (३९) र छोराछोरी आशिका (१३), आशिक (८)को शव सोमबार बिहान बीभत्स अवस्थामा भेटिएको हो।

दिनेशले परिवारको हत्या गरेपछि आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ। बाबुले तीन जनाको छुरा प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको हुन सक्ने वडाअध्यक्ष राधाकृष्ण खड्कीले आकलन गरेका छन्। 

घटनास्थलमा पुगेर फर्किएका खड्कीकाअनुसार दिनेशको शव एउटा कोठामा र बाँकी तीन जनाको शव छुट्टै कोठामा भेटिएको छ। 

'बाबु (दिनेश)ले तीन जनाको छुरा प्रहार गरी हत्या गरेको र अन्तिममा आफूले आत्महत्या गरेको जस्तो आकलन गर्न सकिन्छ,' उनले बताए। उनका अनुसार दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको छ।

आइतबारदेखि नै दिनेशको घरका झ्याल ढोका बन्द रहेकोमा सोमबार छोराछोरी स्कूलका लागि निस्किएपछि घटना बाहिरिएको हो। आइतबार स्थानीयले उनीहरुलाई देखेकोमा सोमबार अबेरसम्म पनि नदेखेपछि स्थानीय सशंकित भएका थिए। घरमा गएर बोलाउँदा पनि कसैले प्रतिक्रिया नदिएको र भित्रबाट झ्याल ढोका बन्द रहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको वडाअध्यक्ष खड्कीले जानकारी दिए। प्रहरीले ढोका फोडेर हेर्दा परिवारका चारै जनाको शव भेटिएको थियो।

राम्रो थिएन दम्पत्तिको सम्बन्ध

दिनेशको परिवार चार वर्षअघि गोरखाबाट काठमाडौं बसाइ सरेको थियो। बसाइँ सरेपछि दिनेशले तारकेश्वरमै बिजुलीका सामानको पसल सञ्चालन गरेका थिए। तर पछिल्लो समय उक्त पसल बेचेर श्रीमती सुनिता वैदेशिक रोजगारीका लागि यूके जाँदै थिइन्। सरिताको भिसासमेत आइसकेको र चाँडै विदेश जाने तयारीमा थिइन्। तर श्रीमानश्रीमतीबीचको सम्बन्ध सुमधूर नहुँदा प्रायः सधैँजसो झैँझगडा हुने गरेको वडाअध्यक्ष खड्काले बताए।

घरेलु झगडाकै कारण यसअघि दुईपटक प्रहरीसम्म उनीहरू पुगेको उनले बताए। घरेलु झगडाकै कारण सम्बन्धविच्छेदका लागि उनीहरु २ पटक प्रहरीसम्म पनि पुगेको जानकारीमा आएको उनले बताए। उनका अनुसार यसअघि २ महिनाअघि मात्रै उनीहरु प्रहरीकहाँ पुगेका थिए।

प्रकाशित: Aug 01, 2022| 15:41 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।