बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भारतकै महंगो फिल्म २.० 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- अक्षय कुमार र रजनीकान्तद्धारा अभिनित फिल्म २.० भारतीय सिनेमाको सबै भन्दा महङ्गो फिल्म हो। यो फिल्म बनाउन निर्देशक एस शंकरले समय मात्रै खर्चेका छैनन् उनले पैसा समेत खर्चिएका छन्। 

बाहुबालीपछिको यो फिल्म सबैभन्दा महंगो फिल्म मानिएको छ। २.० फिल्मको प्रि-प्रोडक्शन टिम लगातर यसै काममा लागेका छन्। इन्टरनेटमा वीवीसीको एक भिडियो भाइरल भएको छ। जसमा हिरोइन एमी जैकसन डान्स गर्दै गरेको देखिन्छ। र एमी यसमा रोबोर्ड कस्ट्युममा देखिन्छन्। 

फिल्म २.० गै्रन्ड अडियो लञ्च दुबैमा हुनेछ। फिल्मको टिजर नोभेम्बरमा र फिल्म डिसेम्बरमा सार्वजनिक हुने भएको छ। फिल्ममा अक्षय कुमार रजनीकान्त एमी जैक्शन आदिल हुसैन र सुधांशु पांडे छन्। फिल्म भिएफएक्सका कारण रिलिज ढिलो भएको हो। 

२.० स्टार काष्टका सार्थ भव्य बजेटले तारिफ बटुली रहेको छ। फिल्म करिब ४ सय ५० करोडमा बन्दै छ। यो बजेट सुनेर बलिवुडका प्रोड्युसर समेत हैरान छन् । ट्रेड एनास्टिस्को अनुसार २.० भारतकै सबैभन्दा महङ्गो फिल्म ठहरिएको छ। 

फिल्मको बजेट बढ्नको कारण ४५ करोड एक फिल्मबाट लिने अक्षय कुमार हुन। जसले भिलेनका भूमिका गरेको छन्। स्टंट सिन, अन्तर्राष्ट्रिय एक्शन निर्देशन, एक्सपर्ट इत्यादि महङ्गो छ। फिल्मको अन्तिम सिन करिब २० करोड मा तयार गरिएको छ। 

 अक्षय कुमारकै मेकअप तीन घण्टा लाग्थ्यो। र उतार्नमा एक घण्टा लाग्थ्यो। यसैको खर्च करिब ४ करोड लागेको थियो। अक्षयले डा. रिचर्डको भूमिका निभाएका छन्। यसमा एस शंकरले फिल्म प्रोमशनकै लागि ५० करोड रुपैया लगाएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्