बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नेपालीलाई सञ्‍चालक बनाएर चिनियाँको ठगी धन्दा, अश्‍लील फोटो र अडियोमार्फत असुली

नेपालीलाई सञ्‍चालक बनाएर चिनियाँको ठगी धन्दा, अश्‍लील फोटो र अडियोमार्फत असुली

रुपन्देही प्रहरीले कल सेन्टरबाट बैंकिङ ऋण प्रवाह गरी मिटर ब्याज असुल गरेको अभियोगमा कल सेन्टरबाट भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्‍ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका १३ का ४० वर्षीय हिमाल बाठामगर र रोल्पाका ३४ वर्षीय कमलजंग सेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
 |  शुक्रबार, साउन १३, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, साउन १३, २०७९

बुटवल- रुपन्देहीको तिलोत्तमामा सञ्‍चालित कल सेन्टर चिनियाँ नागरिकको लगानीमा नेपालीहरु सञ्चालक रहेको भेटिएको छ। चिनियाँ नागरिक फ्रेंकको लगानीमा रोल्पा थवाङ ६ का सुविन्द्र रोका मगर र काठमाडौं महानगरपालिका ३ घर भएका विजय श्रेष्ठ रहेको रुपन्देही प्रहरीले जनाएको छ। कम्पनी रजिष्टारको कार्यालयमा ब्लु स्काई सोलुशन नाममा दर्ता भएको कल सेन्टरको सञ्चालक नेपाली भएको पुष्टि भएको हो।

triton college

चिनियाँ नागरिकको निर्देशन र लगानीमा कल सेन्टर सञ्चालन भएको पक्राउ परेकाहरुले बयान दिए पनि कानुनी रुपमा भने नेपालीको नाममा दर्ता रहेको छ। तिलोत्तमामा सञ्चालित कल सेन्टर र काठमाडौं गैरीगाउँमा सञ्चालित कल सेन्टरका सञ्चालक एकै व्यक्ति देखिएका छन्। गैरीगाउँमा सञ्चालित कल सेन्टरका सञ्चालक श्रेष्ठ र रोका तिलोत्तमाका पनि सञ्चालक हुन भने सिन्धुपाल्चोकको भोटेकोशी घर भएका पासाङ शेर्पा गैरीगाउँका थप भएका अर्का सञ्चालक हुन्।

तिलोत्तमा र काठमाडौंका कल सेन्टरका सञ्‍चालक समेत एउटै भएपछि सञ्जाल देशैभर फैलिएको हुनसक्ने प्रहरीले जनाएको छ। 'तिलोत्तमाको कल सेन्टर र काठमाडौंको कल सेन्टरका सञ्चालक उहि भएकाले यसको कनेक्सन भएको देखिन्छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने, 'देखिFदा नेपाली देखिएका छन्, तर चिनियाँ लगानी भएको देखिन्छ।’ प्रहरी नायब उपरीक्षक केसीका अनुसार तिलोत्तमामा सञ्चालित कल सेन्टरको मुख्य योजनाकार र लगानीकर्ता चिनियाँ फ्रेंक भन्‍ने नागरिक रहेको पक्राउ परेकाहरुबाट खुल्न आएको छ। ती चिनियाँ नागरिकलले रोल्पाबाट विवाह गरेको समेत प्रहरी अनुसन्धानमा खुलेको छ।

साउन ८ गते रुपन्देहीको तिलोत्तमा २ जानकीनगरस्थित ब्लु स्काई सोलुशन (कल सेन्टर) मा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीको नेतृत्वमा प्रहरीले छापा मारेको हो। तिलोत्तमामा छापा मारेपछि सोमबार (साउन ९) गते काठमाडौंमा छापा हानिएको थियो। रुपन्देही प्रहरीले कल सेन्टरबाट बैंकिङ ऋण प्रवाह गरी मिटर ब्याज असुल गरेको अभियोगमा कल सेन्टरबाट भारत बिहार प्रदेश गायविद्या पञ्चायत मचारी घर रहेका २५ वर्षीय जिसाद दबङ भन्‍ने निरञ्जन कुमार र दाङ घोराही उपमहानगरपालिका १३ का ४० वर्षीय हिमाल बाठामगर र रोल्पाका ३४ वर्षीय कमलजंग सेनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

कल सेन्टरमा अनुसन्धान गर्दै प्रहरी। 

corrent noodles
Metro Mart

दुई जनालाई आइतबार नै पक्राउ गरिएको हो भने सेनलाई पछि पक्राउ गरिएको हो। प्रहरीले जिल्ला अदालतबाट बुधबार ६ दिनको म्याद थप गरि अनुसन्धान बढाएको जनाएको छ। बैंकिङ एप्समार्फत ऋणको प्रलोभनमा पारेर सर्वसाधरणलाई ठगी गरेको र इन्टरनेटको माध्यमबाट अश्लील फोटो समेत प्रयोग गरी धम्क्याउने गरेको सीआईबीको टोलीले पत्ता लगाएको छ। तिलोत्तमाको कल सेन्टरबारे साइबर ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानमा सहयोग गरिरहेको छ। तर, चिनियाँको निर्देशन र लगानीमा कल सेन्टर सञ्चालन भएको भए पनि नेपालीहरुलाई सञ्चालक बनाएकाले कारवाहीमा योजनाकार भन्दा पनि भरियाहरु पर्ने खतरा रहेको प्रहरी अधिकृतहरु नै बताउछन्।

सीआईबी टोली फर्कियो

सीआईबीको टोलीले चार दिनसम्म बुटवल बसेर कल सेन्टरबाट भएको ठगी र साइबरसम्बन्धी अनुसन्धान गरेर टोली काठमाडौं फर्किएको छ। अनुसन्धानबाट कल सेन्टरका कामदारहरुले ऋण तिर्न आनाकानी गर्ने भारतीयको 'फोटो मोस्टर्ड' (अर्काको फोटोमा जोडेर) गरेर सामाजिक सञ्जालमा अपलोड गरेको र ह्वाट्सएप मार्फत अपशब्दमा गाली गरेको अडियो भेटाएको छ।

कल सेन्टरका कर्मचारीले ऋण तिर्न नमान्नेहरुको फोटोमा नांगो फोटो जोडेर सामाजिक सञ्‍जालमार्फत बद्‍नाम गर्ने धम्की दिएर चर्को पैसा असुल गरेको रेकर्ड समेत पत्ता लगाएको छ। फोटो मोस्टर्ड (अर्काको फोटोमा जोड्ने), अश्लील शब्द प्रयोग गरेर गाली गलौज गरेको अडियो समेत फेला परेकाले रुपन्देही प्रहरीले साइबर अपराध पनि चलाउने प्रमाण जुटाएको बताएको छ।

'अहिले ठगी मुद्दा मात्रै चलाइएको छ, तर साइबर मुद्दालाई जोड्न सकिन्छ,’ रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले भने। उनले कल सेन्टरको कनेक्सनको जरोमा पुगेर अनुसन्धान गर्न प्रहरी लागि परेको बताए। रुपन्देही प्रहरीले ठगी मुद्दासँगै साइबर र संगठित अपराधको मुद्दा पनि चलाउने गरी प्रमाण जुटाइरहेको बताएको छ।

तिलोत्तमामा काम गर्ने २१३ जना कर्मचारीसँग बिहीबारदेखि बयान लिन थालिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसीले बताए। 'जरोसम्मै पुगेर कल सेन्टरले कसरी ठगी गरेको छ भनेर खोजी गर्न कर्मचारीहरुसँग छुटाछुट्टै टोली बनाएर बयान लिन सुरु गरिएको छ,’ डीएसपी केसीले भने। उनले ब्लु स्काई सोलुशन तिलोत्तमाले कर्मचारीका रुपमा राखेका २ सय १३ जनासँग छुटाछुट्टै रुपमा राखेर बयान लिइने बताए।

तिलोत्तमाको कल सेन्टरबाट प्रहरीले कप्युटर मनिटर २५६ थान, सीपीयू २३६, किबोर्ड २४५, हेडफोन २९४, माउस २३१, ल्यापटप ६ थान, विभिन्‍न बैंकका चेक र नगद साँढे चार लाख बरामद गरेको थियो। बरामद गरिएको ल्यापटप, कम्युटर र मोबाइल प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाइएको प्रहरीले बताएको छ।

प्रकाशित: Jul 29, 2022| 21:51 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।