बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • 'नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

'नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ।
 |  शुक्रबार, साउन १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १३, २०७९

जोहानेसवर्ग‍- रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ। 

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसै साता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन्। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्ड आगामी साता घाना र युगान्डाको यात्रामा निस्कँदै छन्। 

सुशासन प्रवद्र्धनमा केन्द्रित संस्था डेमोक्रेसी वर्कसका निर्देशक विलियम गुमेडे शक्ति राष्ट्रहरूबाट भएका निरन्तर भ्रमणबाट अफ्रिकामा प्रतिद्वन्द्वी पक्षहरूले प्रभाव जमाउन खोजिरहेका र नयाँ शीतयुद्धको श्रीगणेश गरेजस्तो भान भएको बताएका छन्। 

रूसी विदेशमन्त्री लाभरोभले खडेरी र भोकले ग्रस्त महाद्वीपमा आफ्नो यात्रामा पश्चिमा देशलाई खलनायकको रूपमा चित्रण गर्न खोजेका छन् भने विश्व बजारमा खाद्यान्नको मूल्य बढेको दोष पनि उनीहरूमाथि नै थोपरेका छन्। पश्चिमा नेताहरूले पनि खाद्यान्नलाई हतियारको रूपमा क्रेमलिनले प्रयोग गरेको आरोप लगाएका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा रुसले अफ्रिकामा समर्थन प्राप्त गर्न धेरै वर्षदेखि काम गरिरहेको छ। मस्कोले आधा शताब्दी पुरानो मैत्रीलाई पुनर्जीवन दिने प्रयास गरिरहेको छ। तत्कालीन सोभियत सङ्घले औपनिवेशिक शासनको अन्त्य गर्न लडेका धेरै अफ्रिकी आन्दोलनलाई समर्थन पनि गरेको थियो।

kumari

अब त्यो अभियान उच्च गतिमा पुगेको ठान्छन् : निर्देशक गुमेड 

युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसंघमा प्रस्तुत प्रस्तावको मतदानको क्रममा अफ्रिकामा मस्कोको प्रभाव प्रदर्शनमा भयो, जहाँ २८ अफ्रिकी राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरे भने महाद्वीपका महत्वपूर्ण अल्पङ्ख्यक २५ देश या त मतदानमा अनुपस्थित रहे वा मतदान गरे वा मतदान नै गरेनन्।

रसका शीर्ष कूटनीतिज्ञले गत साता इजिप्ट, कङ्गो, युगान्डा र इथियोपियाको भ्रमण गरे। मित्रताको बाचा गर्दै अमेरिका र युरोपेली देशहरूलाई लापरवाहीपूर्वक  वातावरणीय नीतिका नाममा  खाद्यान्नको मूल्य बढाएको आरोप लगाए। उनले कोभिड–१९ महामारीका बेला खाद्यान्न सञ्चय गरेको आरोप पनि लगाए।

युक्रेनको अवस्थाले खाद्य बजारमा नकारात्मक प्रभाव पारेको  रूसी कारबाहीले त्यसो नभएको बरु रूसमाथि प्रतिबन्ध लगाउने पश्चिमा देशका कारण त्यस्तो भएको विदेशमन्त्री लाभरोभले इथियोपियाको राजधानी अदिस अबाबामा भनेका थिए। 

वर्षौंदेखि अमेरिकाका सहयोगी रहेका युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले विदेशमन्त्री लाभरोभलाई न्यानो स्वागत गरेका थिए। उनले युक्रेन आक्रमणमा रूसको आलोचना गर्न अस्वीकार गरेका थिए। लाभरोभले अफ्रिकी देशहरूलाई राष्ट्रसङ्घमा स्थायी स्थान र ठूलो प्रभाव प्रदान गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्को सुधारका पक्षमा आवाज उठाएका थिए। युगान्डा नेताले रुससँगको पुरानो सम्बन्धका बारेमा स्नेहपूर्वक संवाद गर्दै मस्कोलाई त्यागेर दासत्वमा भाग लिने देशहरूसँग सहकार्य नगर्ने बताएका थिए। 

प्रकाशित: Jul 29, 2022| 06:00 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।