बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तयार भयो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सञ्‍चालन मोडालिटीबारे अन्योल

तयार भयो बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सञ्‍चालन मोडालिटीबारे अन्योल

बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्र्तराष्ट्रिस्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए। 'भौतिक संरचना तयार भएको छ, सभाहलबाहेक अन्य हलहरुलाई सजावट गर्न बाँकी छ,’ उनले भने, 'अब ठूला कार्यक्रम र सम्मेलन गर्नका लागि अन्यत्र धाउनुपर्दैन।’
 |  शुक्रबार, साउन १३, २०७९

विनोद परियार

विनोद परियार

शुक्रबार, साउन १३, २०७९

बुटवल- एक हजार जना मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ। बुटवल उपमहानगरले संरक्षण गरेको बुटवल मण्डप संघीय सरकार सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा सम्मेलन केन्द्र तयार पारिएको हो। 

triton college

नेपालको झन्डा आकारमा तयार पारिएको सभाहल तत्त्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ। हलमा ८७२ वटा फिक्स कुर्सी जडान गरिएको छ। यसअघि दुई हजार मानिस अट्ने सभाहल बनाउने भनिए पनि सभाहलमा मुस्किलले एक हजार मात्रै मानिस अटाउने गरी तयार भएको हो। 'सभाहल तत्त्कालै प्रयोग गर्न मिल्ने गरी तयार भइसकेको छ, माइकसमेत जडान गरिएको छ,’ बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख धर्मेन्द्र पन्थीले भने। उनका अनुसार सम्मेलन केन्द्रको भौतिक संरचना पूर्ण रुपमा सम्पन्‍न भएको छ। 

सभाहलसहित ६ वटा बैठक हल र २ वटा बहुउद्देश्यीय हल भवन तयार भएको छ। सर्भिस भवन, कर्मचारी आवास तथा अन्य आवश्यक पूर्वाधार निर्माण भएको छ। सभाहलबाहेक बैठक हल र बहुउद्देश्यीय हलमा फर्निचर, फर्निसिङको काम गर्न बाँकी रहेको आयोजना प्रमुख पन्थीले बताए। 

सम्मेलन केन्द्र तयार भएपछि बुटवलमा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलनहरु गर्न सहज हुने भएको छ। चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था छ। सम्मेलन केन्द्रमा हेलिप्याड समेत बनाइएको छ। लिफ्टको सुविधासहित निर्माण गरिएको सम्मेलन केन्द्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी भौतीक संरचना तयार पारिएको छ। विद्युतका लागि छुट्टै सब-स्टेशन राखिएको छ। ६३० केभीए क्षमताको विद्युत ट्रान्सपफर्मर राखिएको छ। 

खोनपानीका लागि बोरिङ पनि छुट्टै बनाइएको छ। सम्मेलन केन्द्र प्रवेश गर्दा आर्कषक बनाउन केही भागमा दुबो लगाइएको छ भने सभाहल अगाडि पट्टी पोखरी निर्माण गरिएको छ। प्रवेश हुने र बाहिरिने गरि ५ वटा वटा अलग अलग गेट तयार पारिएको छ। बिशिष्ट प्रवेशद्धार र सर्भिस गेट पनि बनाइएको छ। बाँकी ३ वटामध्ये २ वटाबाट सम्मेलन केन्द्र प्रवेश गर्ने र एउटा गेटबाट बाहिरिने व्यवस्था मिलाइएको छ। 

corrent noodles
Metro Mart

बाल उद्यान, कफि सप, रिफ्रेस हल, रजिष्ट्रेशन र टिकट काउण्टर समेत बनाइएको छ। सम्मेलन केन्द्र अन्र्तराष्ट्रिस्तरको कार्यक्रम गर्न मिल्ने गरी तयार भएको आयोजना प्रमुख पन्थीले बताए। 'भौतिक संरचना तयार भएको छ, सभाहलबाहेक अन्य हलहरुलाई सजावट गर्न बाँकी छ,’ उनले भने, 'अब ठूला कार्यक्रम र सम्मेलन गर्नका लागि अन्यत्र धाउनुपर्दैन।’ 


२०७१ साल पुसबाट निर्माण सुरु गरिएको सम्मेलन केन्द्र कोरोना महामारी र रुख कटानका कारण प्रभावित भएको थियो। दोस्रो चरणमा २०७४ सालमा सम्झौता गरी २०७६ कात्तिकसम्मको समयअवधि तोकेर काम भएको हो। तर, तोकिएको समयमा काम नगरेपछि २०७९ साल कात्तिकसम्म म्याद थप गरिएको थियो। थप भएको म्याद अगावै २०७८ असारमै निर्माण सम्पन्‍न गरेको बुटवलसभाहल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजना प्रमुख पन्थीले बताए। सम्मेलन केन्द्र ९.६ बिगाहामा बनेको छ। 

सञ्चालन मोडालिटिमा अन्योल

भौतिक रुपमा निर्माण सम्पन्‍न भइसकेको सम्मेलन केन्द्र सञ्चालनको मोडालिटीबारे अझै टुंगो लागिसकेको छैन। संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्‍चालन मोडालिटीबारे छलफल भइरहेको छ। सम्मेलन केन्द्रको भौतिक निर्माण तयार भए पनि कसरी सञ्चालन गर्ने भन्‍नेबारेमा सहरी विकास मन्त्रालय, बुटवल उपमहानगरकाबीच सामान्य छलफल मात्रै भएको छ।

बुटवल उपमहानगरले आफैँ सञ्चालन गर्ने गरी यसअघि नै सहमति भए पनि यसको सञ्चालन खर्च ठूलो हुने भएकाले जोखिम रहेको सरकारकै अधिकारीहरुको भनाई छ। बुटवल प्रदेशको राजधानी हुने अनुमानका साथ एकै थलोमा ठूलो संख्यामा मानिसहरु अट्ने हलसहितको सम्मेलन केन्द्र बनाइएको हो। तर, प्रदेशको राजधानी दाङको भालुवाङ (राप्ती उपत्यका) तोकिएकाले मानिसहरुको चहलपहल बुटवलमा कम हुनसक्ने भएकाले चुनौती हुने बताइएको छ। अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी र बुटवलमा बढ्दो सहरीकरणका कारण सम्मेलन केन्द्र सञ्चालन गर्न सकिने जनप्रतिनिधिहरुको भनाई छ। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले सम्मेलन केन्द्र सञ्चालनमा चासो राख्दै केही दिनअघि अवलोकन गरेका थिए। 


त्यसो त सहरी विकास मन्त्री मेटमणि चौधरीले समेत तयार भएको भवनको अवलोकन गर्दै यसलाई प्रदेशकै ठूला कार्यक्रम गर्ने थलो बताउने प्रतिबद्धता जनाएका थिए। आयोजनाका अनुसार ३ करोड न्यूनतम मासिक खर्च सम्मेलन केन्द्रको आउँछ। त्यसैले अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्ने मोडालिटीबारे तीन तहकै सरकारबीच गहन छलफल गरी स्पष्ट योजना बनाउन आवश्यक रहेको आयोजना प्रमुख पन्थीले बताए। 

१६ विगाहा क्षेत्रफल मध्ये ९.६ विगाहामा सम्मेलन केन्द्र र सभाहलको पश्चिमपट्टी ६.५ विगाहमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणधिन छ। सम्मेलन केन्द्र तयार भए पनि अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको काम भने सुस्त भएको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रको भवन करिब तयार हुने चरणमा छ। आयोजना प्रमुख पन्थीका अनुसार ६१ प्रतिशत भौतिक प्रगति भएको बताए। उनका अनुसार ट्रष्टको काम भए पनि केही सामानहरु बाहिरबाट ल्याउनु परेकाले ढिलाइ भइरहेको छ। 

बुटवल मण्डपमा रुपन्देहीका संघसंस्थाहरुले अस्थायी संरचना बनाएर मेला महोत्सव सञ्चालन गर्दै आएका थिए। तर, यो प्रदर्शनी केन्द्र निर्माण सम्पन्‍न हुँदा यहाँका उद्योगी व्यवसायीले जाडो, गर्मी, हिउँद, बर्षा जुनसुकै बेलामा मेला महोत्सव गर्न सक्नेछन्। प्रर्दशनी केन्द्र एक अर्ब २ करोड लागतमा निर्माण भइरहेको छ। म्याद सकिएकाले आयोजनाले पुन म्याद थप्ने तयारी गरेको छ। 

प्रकाशित: Jul 29, 2022| 09:38 शुक्रबार, साउन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।