आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्री बडूलाई विराटनगरका उद्योगीको प्रश्‍न- समस्या समाधान गर्ने कि कोसीमा हाम फालौं?

मन्त्री बडूलाई विराटनगरका उद्योगीको प्रश्‍न- समस्या समाधान गर्ने कि कोसीमा हाम फालौं?

सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन्। समस्या समाधानका लागि भेट्नुपर्ने सबै व्यक्तिहरुलाई भेटेर कुरा राखे पनि कुनै सुधार नभएको उनीहरुको भनाई छ।
 |  मंगलबार, साउन १०, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, साउन १०, २०७९

विराटनगर– सरकार उद्योगीका समस्यामा उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन्। समस्या समाधानका लागि भेट्नुपर्ने सबै व्यक्तिहरुलाई भेटेर कुरा राखे  पनि कुनै सुधार नभएको उनीहरुको भनाई छ। 

triton college

सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरी बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन्। मंगलबार विराटनगर आएका उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष उद्योगी जगदिश अग्रवालले कोशीमा हामफल्न मात्रै बाँकी रहेको गुनासो गरे। उद्योग क्षेत्रमा लागेको ४२ वर्ष भएको र हालसम्म यस्तो समस्या कहिल्यै भोग्नु नपरेको उनको भनाई छ। 

प्रधानमन्त्री, अर्थमन्त्री सबैलाई भेटेर समस्या राखे पनि समाधान हुन नसकेको उनले गुनासो गरे। उद्योगी अग्रवालले भने, 'सरकार सोधीखोजी नै गर्दैन, वास्तै गर्दैन। समस्या समाधान नगर्ने हो भने मन्त्रीज्यूले भनिदिनु प¥यो, सवैजना गएर कोशीमा हाम फाल।’ उद्योगीहरु सfर्‍है समस्यामा परेको उनले बताए। 

मन्त्री बडूको ध्यानाकर्षण गराउँदै उद्योगी युक्ती गोल्छाले आफुहरुसँग कुनैपनि अप्सन नै अब बाँकी नरहेको बताइन्। उनले श्रमिकहरुलाई धमाधम बिदा दिनुपर्ने अवस्था आएको बताइन्। आफ्नो उद्योगबाट १५० जना श्रमिकलाई बिदा दिएको गोल्छाले बताइन्। गोल्छाले भनिन्, 'विराटनगरका ५ वटा उद्योगबाट हजार श्रमिक हटाएका छौं।’ कर्मचारी पनि पाल्न नसक्ने अवस्थामा पुगेको उनको भनाई छ। 

उद्योगी भीम घिमिरेले उद्योगी व्यवसायीलाई सरकारले नहेरेको गुनासो गरे। उनले बैंक, बिमा, विद्युतलगायतका क्षेत्रबाट उद्योगीहरु समस्या परेको बताए। औद्योगिक क्षेत्रमा अहिले पनि लोभोल्टेज, ट्रिपिङ, लोडसेडिङको समस्या कायमै रहेको बताए। उद्योगी घिमिरेले सुनसरी अमडुवामा सरकारको स्वामित्वमा रहेको ६५० बिगाह जमिन अलपत्र अवस्थामा रहेको भन्दै सो स्थानमा औद्योगिक प्रदर्शनीस्थल बनाउनका लागि पहल गरिदिन मन्त्री बडूसमक्ष आग्रह गरे। 

corrent noodles
Metro Mart

उनले भने, 'जमिन अलपत्र अवस्थामा छ, प्रदर्शनीस्थल निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरिदिनुपर्‍यो।’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्योगीहरु दिन प्रतिदिन समस्यामा पर्दै गएको बताए। उनले भने, 'मोरङका उद्योगीले ७२–७३ वर्षको इतिहासमा पहिलो सडक आन्दोलनमा आउनुपर्‍यो।’ सरकारले आफ्ना समस्याहरु नसुनेको उनले बताए। उद्योगी रिजालले भने, 'प्रदर्शनीस्थल हामीले खोज्यौं, जमिन हामीले फेला पा¥यौं, सरकार बजेट नै दिFदैन।’ 

उनले बंगलादेशमा नेपाली उत्पादन पु¥याउने वातावरण बनाइदिन आग्रह समेत गरे। उनले भने, 'बंगलादेशी सामान सहजै नेपालमा आउने गरे पनि यहाँको सामान त्यहाँ बजारीकरणको व्यवस्था गरिदिनुप¥यो।’ नेपालले भारतबाट धेरै सामान आयात गर्ने गरिएकाले सरकारले सुक्ष्मरुपमा अध्ययन गरी नीतिगत सुधार गर्न आवश्यक रहेको भन्दै उनले मन्त्री बडूको ध्यानाकर्षण गराएका थिए। मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन सारडाले सरकार उद्योगीका समस्या समाधानमा गम्भीर नबने आन्दोलनको विकल्प नभएको बताए। 

उनले भने, 'सरकारले गठबन्धनलाई ढल्नबाट जोगाएर मात्रै भएन हामीलाई पनि ढल्नबाट जोगाउनु प¥यो।’ मन्त्री बडूले उद्योगीको चित्त दुखाई स्वभाविक भएको बताए। उनले उद्योगीका समस्या समाधानको सुरुवात भइसकेको दाबी गरेका छन्। 

उनले भने, 'सरकारले उद्योगीका समस्या समाधानको लागि सुधारको काम सुरु गरिसकेको छ।’ सरकार आयातलाई व्यवस्थापन गरेर प्रतिस्थापनको अवस्थामा कसरी पुग्‍न सकिन्छ भन्‍नेतर्फ लागेको मन्त्री बडूको भनाई छ। रुग्ण उद्योगहरुलाई जगाउनतर्फ सरकार अहिले केन्द्रित भएको उनको भनाई छ। उनले भने, 'पहिलो उद्योग विराटनगर जुट मिल्सको अवस्थाबारे बुझ्‍न म त्यही भएर यहाँ आएको हुँ।’ 

लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल्सलाई जगाउन आवश्‍यक भएको उनले बताए। मन्त्री बडूले भने, 'विराटनगर जुट मिल्स पुन: सञ्‍चालन गरिने छ।’ जीआई वायर, घ्यू, तेल, गहुँ, चिनीमा देखिएको समस्याको सुधारमा सरकार लागिसकेको भन्दै उनले उद्योगीलाई आश्वासन दिए। 

उद्योगीले यसअघि जीआई वायरलगायत स्वदेशी उद्योगका लागि चाहिने कच्चा पदार्थको भन्सार बढाएर गल्ती गरेको र छिट्टै सच्याउन तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका थिए। तर, उक्त माग हालसम्म सुनुवाई भएको छैन। बढाइएको भन्सार दर फिर्ता नलिएपछि उद्योगीहरू आन्दोलनमा उत्रेका हुन्। 

प्रकाशित: Jul 26, 2022| 19:04 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।