शुक्रबार, कात्तिक २८, २०८२

यौन दुर्व्यवहारका आरोपित केसीलाई बोर्ड अध्यक्ष बनाएको भन्दै विवाद

सोमबार चलचित्र विकास बोर्ड अध्यक्षको नियुक्ति पाएका नायक भुवन केसी यौन दुव्र्यवहारका घटनामा जोडिएको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि विवादमा परे।
 |  मंगलबार, साउन १०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १०, २०७९

काठमाडौं– सरकारद्वारा चलचित्र विकास बोर्ड अध्यक्षमा सिफारिस भएका भुवन केसीको नियुक्ति औपचारिक घोषणा नहुँदै विवादमा परेको छ। केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरिएको विषय सरकारले मंगलबार औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी थियो। 

National life

सरकारले सोमबार बोर्ड अध्यक्षका लागि नियुक्ति दिएपछि केसीले बधाइको ओइरो लाग्न सुरु भइसकेको छ। तर मंगलबार अचानक सामाजिक सञ्जालमा उनको नियुक्तिलाई लिएर आपत्ति जनाउन थालिएको छ। 

लेखक अमृता लम्सालले सामाजिक सञ्जालमा आपत्ति जनाएकी छन्। उनले लेखेकी छन्, ‘बोल्यो भने प्रमाण ल्याऊ भन्छन्। दिने प्रमाण छैन तर उहाँलाई बोर्ड अध्यक्षमा ल्याउन नाम चलेकै महिला अधिकारकर्मीसमेत लाग्नुभएको बजार हल्ला थियो। हुन त, महिलामाथि हुने यौन हिंसा र दुव्र्यवहार, मिटुलाई कतिले पो गम्भीरतापूर्वक लिएका छन् र?’

राजधानी दैनिकको अनलाइनका सम्पादक ध्रुव लम्साल लेख्छन्, ‘सरकारले भुवन केसीलाई चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त गरेको छ । फिल्म उद्योगमा क्रान्ति नै गर्ने हो भने अब पल शाह र पूजा शर्मालाई बोर्ड सदस्य नियुक्ति गर्दै साम्राज्ञी शाहलाई कारबाही गरेको घोषण गर्नुपर्छ। भुवन केसीजस्ता चरित्रवान मान्छेमाथि औंला उठाउने?’

भुवनको पछिल्लो विवाद

Laxmi sunrise bank
kumari

अभिनेत्री नम्रता सापकोटा र साम्राज्ञी राज्यलक्ष्मी शाहले नेपाली चलचित्र क्षेत्रमा पनि नातावाद व्याप्त रहेको भन्दै सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका थिए। 

२०७७ असार २३ मा इन्स्टाग्राममार्फत भिडियो सार्वजनिक गर्दै उनले आफूले चलचित्रमा काम गर्दा ‘लैंगिक भेदभाव’ भोग्नुपरेको बताएकी थिइन्। उनले व्यक्ति केन्द्रित भएर नाम नलिई जिकिर गरेका तीन फिल्म ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ र ‘इन्टुमिन्टु लन्डनमा’ थिए। ’ड्रिम्स’को छायांकनका क्रममा केसीले आफूमाथि यौन दुव्र्यवहार गरेको भनिएको अभिव्यक्तिले सिंगो फिल्म क्षेत्रमा तरंग ल्याएको थियो। 

साम्राज्ञीको अभिव्यक्तिलाई लिएर भुवनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराइ गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छन्? जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने? सामाजिक सञ्जालमा गर्ने बराबरको अभिनय फिल्ममा पनि गरे हुने नि।’

केसीको अभिव्यक्तिले विषयलाई थप गम्भीर बनाउँदै लगेको थियो। आफूमाथि केसीले गैरजिम्मेवार टिप्पणी गरेपछि साम्राज्ञीले सामाजिक सञ्जालमा अर्को भिडियो सार्वजनिक गरिन्। उनले भुवन केसीलाई ‘पर्भर्ट’ भएको आरोप लगाएकी थिइन्।

जापानमा भएको एक फिल्म अवार्ड कार्यक्रममा भुवनले ‘मलाई तँ त मेरो प्रोडक्ट हो, त्यो पुरानो कुरा कोट्याएर के फाइदा? तँ एउटा ठाउँमा पुगिसकिस् भन्दै सम्झाउन खोज्नुभयो भनेकी छन्, साम्राज्ञीले। उनले भिडियो भनेकी छन्, ‘तर, मलाई भित्रभित्र घीन लागिरहेको थियो। उहाँ मसित टाँसिन खोज्दै गालामै मुख ल्याएर बोलिरहनुभएको थियो। उहाँलाई अंकल भनेको मन पर्दैन। मैले ‘हस् दाइ’ भनेर धकेलिदिएँ। त्यसबेला उहाँले पर्भर्टजस्तो व्यवहार देखाउनुभएको थियो। ही इज लिटरल्ली अ पर्भर्ट।’

भुवन र साम्राज्ञीबीच भएको घटनालाई लिएर चलचित्र कलाकार संघमा उजुरीसमेत पर्‍यो। भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै उजुरी दिनेसम्मका घटना भए। केसीले आफूमाथि साम्राज्ञीले लगाएको आरोप निराधार भएको बताइरहँदा सप्रमाण भने पेस गरेका थिएनन्। 

हुन त भुवन केसी बेलाबेला नायिकालाई लिएर विवादमा आइरहने अभिनेता हुन्। नायिकालाई लिएर उनका अनेक किस्सा छन्। कुनै बेलाकी चर्चित अभिनेत्री सारंगा श्रेष्ठले केसीबारे भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्।’ 

बोर्ड अध्यक्षका लागि केसीसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनीष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए। गत वैशाखमा मात्रै केसी एमाले छाडेर कांग्रेस पसेका थिए।

प्रकाशित: Jul 26, 2022| 17:38 मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्