बिहीबार, वैशाख ३१, २०८३

भक्तराज भट्ट डोटेलीको डेउडा गित ‘लैबिरू’ सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं- युवा गायक भक्तराज भट्ट डोटेलीको सुन्दर सुदूरपश्चिमको मौलिकता झल्किने डेउडा गित सार्वजनिक भएको छ। 

‘लैबिरू’ बोलको उक्त गितको भिडियो मंगलबार युट्युब मार्फत सार्वजनिक भएको हो। लाटाकाफली प्रोडक्सनको प्रस्तुति ‘लैबिरू’ मा गायक भक्तराज भट्ट डोटेली र भरत भट्ट तथा गायिका राधिका हमाल र गौरी भट्टको स्वर छ।

झलक भट्टको शब्द संकलन रहेको यस गितमा लय पनि झलक आफ्नै छ। उक्त गितको म्युजिक भिडियोमा डोटेडी डेउडा नाचलाई देखाइएको छ।  

गितको म्युजिक भिडियोको निर्देशन शेर साउँदले गरेका हुन् भने छायाकंन करन चैसिरले गरेका हुन्। त्यस्तै एरेन्जर केबी भण्डारी, सम्पादन मनोज कार्कीले गरेका हुन्। गितको म्युजिक भिडियोमा भरत, संकर, राधिका, गौरी र डेउडा नाँच समूहले अभिनिय गरेको छ।

भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्