शुक्रबार, कात्तिक २८, २०८२

सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को प्रसारण सुरु

नेपाल्स सिंगिङ सुपरस्टार’मा अन्य रियालिटी शोमा भाग लिइसकेका गायक÷गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक/गायिकालाई मात्रै छनोट गरिँदै आएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं–सांगीतिक रियालिटी शो ‘नेपाल्स सिंगिङ सुपरस्टार’ को प्रसारण सुरु भएको छ।

National life

‘ब्याटल अफ दी स्टार्स’को रूपमा इमेज एचडी टेलिभिजनबाट हरेक साताको आइतबार र सोमबार बेलुका ७ः४५ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनीले छोटो समयमै रियालिटी शोप्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ।

‘नेपाल्स सिंगिङ सुपरस्टार’मा अन्य रियालिटी शोमा भाग लिइसकेका गायक÷गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक÷गायिकालाई मात्रै छनोट गरिनु, निर्णायकको रूपमा दर्शकमाझ चर्चित निर्णायक सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको शो निर्देशक रवि श्रेष्ठले बताए।

कार्यक्रममा प्रस्तोताको रूपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन्। हालसम्म प्रसारण भएका एपिसोडमा प्रतिस्पर्धीको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोपारखीको धारणा छ।

ब्याटल अफ द स्टार्स ट्याग लाइन लिएर आएको र सेन्सोडाइनले शीर्ष प्रायोजन गरेका नेपाल्स सिंगिङ सुपरस्टार कुनै पनि विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन। आफ्नो कार्यक्रम नेपालको मौलिक रियालिटी शो भएको निर्देशक श्रेष्ठ बताउँछन्। सुरजलाल जोशी प्रोजेक्ट हेडको रूपमा रहेको, विदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम इमेज एचडी टेलिभिजनसँगै युट्युबमा ओएसआर रियालिटीमार्फत प्रसारण भइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 14, 2022| 13:48 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्