सोमबार, असोज २६, २०८३

समुन्द्रको निर्देशनमा गुलाबी बन्ने, फिल्मका लागि तौल घटाउँदै नाजिर हुसेन

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले 'आधा पेज' नामको फिल्म निर्देशन गरेकी थिइन्। केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा फिल्म 'गुलाबी' बन्ने भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं- नेपालमा रहेका थोरै महिला निर्देशकको सूचीमा आउने नाम हो, समुन्द्र भट्ट।  

क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले 'आधा पेज' नामको फिल्म निर्देशन गरेकी थिइन्। केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा फिल्म 'गुलाबी' बन्ने भएको छ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन्। प्री प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ। 

नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन्। नाजिर बाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ। यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको बुझिएको छ।

यो फिल्मको लागि नाजिरले कम्तीमा १५ केजी तौल घटाउनुपर्नेछ, निर्देशक भट्टले भनिन्, 'पछिल्लो एक महिनादेखि नाजिर यसको लागि प्रयासरत छन्।' स्क्रिप्ट अनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ।

भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ। फिल्मलाई आलोक शुक्लाले खिच्नेछन्। 

फिल्मले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन। यद्धपी 'गुलाबी' नामले पारलैङ्गिक कथा उठाउन लागेको झलक दिन्छ।

प्रकाशित: Jul 14, 2022| 13:31 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।