राजविराज- मोटरसाइकलको ठक्करबाट सप्तरीमा बुधबार राति एक पैदलयात्रीको ज्यान गएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका-६ का ५५ वर्षीय दीपनारायण मेहता रहेको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स४प १३३४ नम्बरको मोटरसाइकलले पैदल यात्री मेहतालाई पूर्व पश्चिम राजमार्गको वीरेन्द्रबजारमा ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते मेहतालाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।