काठमाडौं- रंगकर्मी पुरु लम्सालको लेखन तथा निर्देशन रहेको वृत्तचित्र पाँचौं दक्षिण एसियाली छोटो फिल्म महोत्सवमा छनोट भएको छ।
महोत्सव आउँदो अगस्त ३ देखि ६ तारिखसम्म भारतको नयाँ दिल्लीस्थित नन्दनमा आयोजना हुनेछ, जहाँ ‘अक्स फियस्ता’ अर्थात् गोरु पर्वलाई अगस्त ५ मा प्रदर्शन गरिनेछ।
आयोजक संस्थाका अनुसार भारत, बंगलादेश, श्रीलंका र नेपालका लामा, छोटा गरी ६० चलचित्र/वृत्तचित्र प्रदर्शन गरिनेछ।
सिने मेकर्स प्रालिको प्रस्तुति रहेको ‘गोरु पर्व’का निर्माता निरञ्जन सिग्देल हुन्। कार्यकारी निर्माता केपी पाठक हुन्। वृत्तचित्रको लेखक तथा निर्देशक पुरु लम्साल हुन्।
यो नुवाकोटको तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना हुने गोरु जुधाइ मेलामा आधारित सर्ट फिल्म हो।