सोमबार, असोज २६, २०८३

देशैभर कमेडी टुरमा निस्किँदै चलचित्र प्रकाशको टिम

बटुवा कमेडी अनि कमेडी टुकटुकसँगको सहकार्यमा पाँच हाँस्य कलाकारका साथमा प्रकाशले आफ्नो प्रचार–प्रसारलाई अगाडि बढाएको हो।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– चलचित्र प्रकाशको टिमले ‘टेबलमुनिबाट कमेडी टुर’ नाम दिएर प्रसार–प्रचारलाई तीव्र बनाएको छ। 

बटुवा कमेडी अनि कमेडी टुकटुकसँगको सहकार्यमा पाँच हाँस्य कलाकारका साथमा प्रकाशले आफ्नो प्रचार–प्रसारलाई अगाडि बढाएको हो। 

असार ३१ मा चितवनको बोस्टन कलेजबाट सुरु पहिलो कार्यक्रम गरी कमेडी टुर दोडाइनेछ। 

निर्माण पक्षका अनुसार असार ३१ र ३२ मा चितवनको भरतपुर, साउन ६ र ७ मा बुटवल, साउन १३ र १४ मा पोखरा, साउन २० र २१ मा विराटनगर, साउन २७ र २८ मा हेटौंडा र भदौ ३, ४ र ५ मा काठमाडौंमा कार्यक्रम हुनेछ।

भदौ १० गते प्रदर्शनमा आउने चलचित्र प्रकाशमा नायक प्रदीप खड्कासहित अन्य कलाकार र केमेडियन आदर्श मिश्रा, आयुष श्रेष्ठ, एलेनजंग राणा, आशीष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकार पनि सहभागी हुने जनाइएको छ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ।

प्रकाशित: Jul 14, 2022| 12:01 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।