आइतबार, असार ७, २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, यी हुन् छलफलका विषय

केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- सोमबार सुरु भएको सत्ताको नेतृत्वकारी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्दै छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ। 

National life

सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको थियो। बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका थिए।

मंगलबार भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेन्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने कांग्रेस नेताहरूको भनाइ छ।

केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले ७ मिनेटमा आफ्ना कुराहरू राख्नुपर्ने छ। 

प्रकाशित: Jul 12, 2022| 07:04 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...