सोमबार, साउन २५, २०८३

नेविसंघले लगायो त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयमा ताला

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं- नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयमा तालाबन्दी गरेको छ। 

सोमबार बिहान उपत्यकाका विभिन्न क्याम्पसका नेताहरूले व्यवस्थापन संकाय डिन डिल्लीराज शर्माको राजीनामा माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्। 

असार २२ गते मात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ स् अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेपछि नेविसंघले डीनको राजीनामा मागेको हो।

उपत्यकामा विभिन्न क्याम्पसका नेताहरू मदनराज उपाध्याय, विवेक लामा घिसिङ, केशरजंग बम, विष्णु बडेला, अशोकसिंह विष्ट, दीर्घराज भट्ट, हरिश देउवा, लक्ष्मण भाट, सुस्मा पाण्डे, श्याम ओझा, किशोर जोशी, निराजन सुवेदीलगायतले आइतबार बिहान शर्माको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए। 

शर्माले राजीनामा नदिएसम्म डीनको कार्यालयमा लगाइएको ताला नखुल्ने नेविसंघका नेता उपाध्यायले बताए। 'उहाँले  ज्याजति गर्नू भएको छ। हाम्रो आन्दोलन त्यसका विरुद्धमा हो। त्यसैले शर्माले राजीनामा नदिएसम्म हाम्रो आन्दोलन फिर्दा हुँदैन,' उपाध्यायले भने।

यसअघि नेविसंघका अध्यक्ष दुजाङ शर्माले एक विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका थिए। त्रिविले आइतबार मात्र हुबहु प्रश्नपत्र प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाएको छ।

प्रकाशित: Jul 11, 2022| 09:00 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...