आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चीनसम्बन्धी गतिविधिमा सीपीसीको चासो, प्रधानमन्त्रीले भने- एक चीन नीतिमा प्रतिबद्ध छौँ

चीनसम्बन्धी गतिविधिमा सीपीसीको चासो, प्रधानमन्त्रीले भने- एक चीन नीतिमा प्रतिबद्ध छौँ

‘नेपाली भूमिमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा चीनले जोड दिएको छ,’ परराष्ट्र स्रोतले भन्यो, 'चिनियाँ पक्षले यही विषय विगतदेखि नै उठाउँदै आएको हो।' कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा खड्काले पनि एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने धारणा व्यक्त गरेका छन्। आइतबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटमा उनले यस्तो धारणा व्यक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

National life

‘नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा चीनले जोड दिएको छ,’ बालुवाटार स्रोतले भन्यो, 'चिनियाँ पक्षले यही विषय विगतदेखि नै उठाउँदै आएको हो।' आइतबार नै परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा पनि उनले उस्तै आशय दोहोर्‍याएका थिए। उनीहरूबीच सिंहदरवारमा भेट भएको थियो।

कांग्रेस सभापति तथा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा खड्काले पनि एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको बताएका थिए। 

नेपालको ४ दिने भ्रमणमा आएका लिउलाई आइतबार परराष्ट्र मन्त्री खड्काले रात्रीभोज दिँदैछन्। सीपीसी प्रमुख लिउले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

अध्यक्ष केपी शर्मा ओलीसँग भने मंगलबार बिहानका लागि भेट तय भएको छ। ओलीलाई भेट्न लिउ उनको निवास बालकोटमै पुग्ने बताइएको छन्। बुधबार लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

Shivam cement

लिउ एयर चाइनाको विमानबाट आज बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए।

प्रकाशित: Jul 10, 2022| 19:36 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...