आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रष्ट राजनीतिले हामीलाई पनि श्रीलंकाकै अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

भ्रष्ट राजनीतिले हामीलाई पनि श्रीलंकाकै अवस्थामा पुर्‍याउँछ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश श्रीलंकाको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश श्रीलंकाको बाटोमा अघि बढेको टिप्पणी गरेका छन्। आइतबार फेसबुकमा स्टाटस लेख्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्। 

उनको स्टाटसमा अहिले नै देश श्रीलंकाको अवस्थामा नपुगेको तर त्यतैतर्फ केन्द्रित भएको उल्लेख गरेका हुन्। 'हामी अहिल नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं। यो सही नै हो। तर तितो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार -सिध्दान्त एवं मूल्यविहीन भ्रष्ट- स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अपारदर्शिता, आसेपासे एवं दलालीकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रूपमा पुर्‍याउने त्यतै हो,' उनको स्टाटसमा लेखिएको छ। 

उनले श्रीलंकाको जस्तै अवस्था आउन नदिन सचेत हुन र समयमै सकारात्मक धक्का दिन जरुरी रहेको समेत उल्लेख गरेका छन्। यसका लागि सामूहिक एवं संगठित प्रयत्न गर्न उनको आग्रह छ। 

प्रकाशित: Jul 10, 2022| 18:56 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...