सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार भ्रष्टाचारमा मुछिएको शेखर समूहको ठहर, केन्द्रीय समितिमा छलफल गर्ने निष्कर्ष

सरकार भ्रष्टाचारमा मुछिएको शेखर समूहको ठहर, केन्द्रीय समितिमा छलफल गर्ने निष्कर्ष

आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको बैठकले सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै सरकारका कामकारबाहीबारे केन्द्रिय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारदेखि सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भीर समीक्षा गर्ने एजेन्डा तय गरेको छ। आइतबार काठमाडौंको विशालनगरमा बसेको नेता कोइराला पक्षको भेलाले सरकारमाथि भ्रष्टाचारका गतिविधिमा मुछिएको निष्कर्ष निकाल्दै यसबारे केन्द्रीय समिति बैठकमा समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेको हो। 

पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा केन्द्रिय समिति बैठक गर्ने विषयमा छलफल गरिएको नेता चन्द्र भण्डारीले जानकारी दिए। कोइराला पक्षले बजेटका विषयमा पनि असन्तुष्टि व्यक्त गर्दै आएको छ। त्यसैगरी पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई विधिवत रुपमा अघि बढाउन नसकेको भन्दै कोइराला पक्षको आक्रोश छ। 

स्थानीय तह निर्वाचनको समेत समीक्षा गरी आगामी प्रदेश सभा र संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई बृहत्त  बनाउने विषयमा पनि छलफल हुने नेता भण्डारीले बताए। 

‘भोलिदेखि केन्द्रीय समिति बैठक हुँदैछ। त्यो बैठकमा समीक्षा, चाहे स्थानीय तह निर्वाचनको होस्, वा सरकारको समीक्षा होस्। यसले ल्याएको बजेटले पारेको असरको बारेमा होस्। पार्टीलाई विधिवत तरिकाले चलाउने कुराहरुमा पनि केन्द्रीय समिति बैठकमा छलफल गर्ने, कांग्रेसलाई कसरी मजदुत बनाउने, आगामी चुनावमा कांग्रेस कसरी जाने र, गठबन्धनका बारेमा पनि अझ बृहत्तर रुपमा पार्टीलाई फाईदा पुग्ने तरिकाले छलफल गर्ने भन्ने विषयमा कुरा भयो। पार्टीको भातृ संस्थाहरुदेखि विभागसम्मको गठनको कामलाई समयमै गर्नुपर्छ भन्ने विषयमा पनि छलफल हुन्छ,’ भण्डारीले भने। 

बैठकमा कोइराला पक्षले पार्टीको भातृ संस्थाहरु सबैको पुनर्गठन गर्न र विभागहरुलाई समयमै पूर्णता दिन पनि पार्टी सभापति देउवालाई दवाव दिने निर्णय गरेको छ। पार्टीको भातृ संस्था र विभागहरुलाई विधिवत रुपमा अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने विषयमा पनि आफूहरुबीच छलफल भएको नेता भण्डारीले उल्लेख गरे।

बैठकका पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, नेता डा। रामशरण महतलगायतको सहभागिता रहेको थियो। नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीलाई एकलौटी रुपमा अघि बढाएको नेता कोइराला पक्षको आरोप छ। पार्टीको विधान अनुसार विभागहरु समेत गठन गर्न नसकेको भन्दै सो पक्षले सभापति देउवाको सार्वजनिक रुपमै आलोचना गर्दै आएको छ।

प्रकाशित: Jul 10, 2022| 17:15 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...