सोमबार, साउन २५, २०८३

सानेपा छलफल सकेर बालुटावार लागे कांग्रेस पदाधिकारी

नेपाली कांग्रेसको मुख्यालयमा भएको छलफलमा सकेर पदाधिकारीहरु प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन्। सानेपामा भातृसंस्थाको विधानको अन्तिम टुंगो लगाएका पदाधिकारीहरु बालुवाटारतर्फ प्रस्थान गरेका हुन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसको मुख्यालयमा भएको छलफलमा सकेर पदाधिकारीहरु प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन्। सानेपामा भातृसंस्थाको विधानको अन्तिम टुंगो लगाएका पदाधिकारीहरु बालुवाटारतर्फ प्रस्थान गरेका हुन्। 

सानेपामा देउवा बाहेकका सबै पदाधिकारी भातृसंस्थाका विधान तयार पार्ने जिम्मा पाएका एनपी साउद र गुरूराज घिमिरे पनि उपस्थित थिए।

बालुवाटारमा पार्टी सभापति देउवासँग ६ महिनाभित्र गर्नुपर्ने र हुन नसकेकाका कामका बारेमा पनि बालुवाटारमा छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए। उनले भने, 'यहाँ हामीले छलफल सकेका छौं। भातृसंस्थाको विधान र पार्टीले छ महिनाभित्रै गर्नुपर्ने र गर्न नसकेका कामका विषयमा पनि पार्टी सभापतिसँग छलफल गर्नेछौं।' 

कांग्रेसले सोमबार बोलाएको केन्द्रीय कमिटी बैठकमा भातृसंस्थाको विधानलाई प्रस्तुत गरिने पनि उनले जानकारी दिएका छन्। स्थानीय निर्वाचनको समीक्षा, भ्रातृसंस्थाहरुको पूर्णता र महाधवेशनलगायतका विषयमा छलफल गर्न कांग्रेसले सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। 


प्रकाशित: Jul 10, 2022| 16:43 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...