आइतबार, असार ७, २०८३

प्रधानमन्त्री देउवा र सीपीसी विदेश विभाग प्रमुखबीच भेटवार्ता

भेटमा परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी पनि सहभागी थिए। आजै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले प्रधानमन्त्रीमा शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। जियानचाओ र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भेटवार्ता भएको हो। 

National life

भेटमा परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारी पनि सहभागी थिए। आजै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम तय भएको छ। सोमबार उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन्।

अध्यक्ष केपी शर्मा ओलीसँग भने मंगलबार बिहानका लागि भेट तय भएको छ। ओलीलाई भेट्न लिउ उनको निवास बालकोटमै पुग्ने बताइएको छन्। बुधबार लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

लिउ एयर चाइनाको विमानबाट आज बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। लिउलाई परराष्ट्र मन्त्रालयका डेपुटी चिफ अफ प्रोटोकल रेवती पौडेल र प्रमुख दलका विदेश विभागका नेताले स्वागत गरेका थिए।

प्रकाशित: Jul 10, 2022| 16:16 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...