सोमबार, साउन २५, २०८३

शेखर पक्षका पदाधिकारी र केन्द्रीय सदस्यले आज छुट्टै भेला गर्ने

नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज छुट्टै भेला गर्ने भएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज छुट्टै भेला गर्ने भएका छन्।

आइतबार कोइराला पक्षका कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरूले छुट्टै भेला गर्ने भएका हुन्। आज दिउँसो १ बजे कोइरालाको सचिवालय बालुवाटारमा भेला बस्ने एक नेताले बताए।

सोमबार कांग्रेसले केन्द्रीय समिति बैठक राखेको छ। आज कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो।

केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको बताइएको छ।

कांसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ। स्थानीय निर्वाचनपछि पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठक सोमबार बस्दै छ।

यही बीच उक्त बैठकमा कसरी प्रस्तुत हुने र के-के एजेन्डा राख्ने भन्नेबारे कोइराला पक्षले आज पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग छलफल गरी सामूहिक धारणा बनाउन लागेको कोइराला निकट एक नेताले बताएका छन्।

प्रकाशित: Jul 10, 2022| 10:58 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...