आइतबार, असार ७, २०८३

बुढीगंगामा एमाले उम्मेदवारलाई ७८० मतको अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुवाति अग्रता कायमै राखेका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाको मेयरमा एमाले उम्मेदवारले सुरुवाति अग्रता कायमै राखेका छन्।

National life

पछिल्लो मत परिणामअनुसार ७ हजार ४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३ हजार १०१ मत ल्याएका छन्। उनीहरूबीच ७८० मतको फरक रहेको छ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७५३ ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३ हजार १५३ मत ल्याएकी छन्। एमालेकी खड्का ६०० मतले अगाडि छन्।

गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो। अब १,७११ मत गन्न बाँकी छ।

प्रकाशित: Jul 10, 2022| 06:26 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...