बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पारिवारवादले निम्त्या‍यो राष्ट्रिय संकट

शनिवार राष्ट्रपति निवास घेर्नुअघि उनका भाई तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षेको सरकारी आवास घेराउ गरेका थिए। यसपछि उनले सेनाको शरण माग गरेका थिए।
 |  शनिबार, असार २५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

श्रीलंकामा आर्थिक संकट गहिरिएपछि वर्तमान सत्ता र राष्ट्रपतिको विरोध गर्दै प्रदर्शनकारीहरूले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरे। राजापाक्षे राष्ट्रपति भवन छाडेर भागेका उनी देश नै छाडेर भागेको पनि अनुमान गरिएको दैनिक भाष्करले उल्लेख गरेको छ। राष्ट्रपति भागेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यसबारे जानकारी गराएका हुन्। त्यसअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएर सभामुखलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए।

himalayan bank box

श्रीलंकामा लामो समयदेखि राष्ट्रपति गोटाबाया राजापाक्षेविरुद्ध ‘गोटा गो गामा’ र ‘गोटा गो होम’ आन्दोलन चलिरहेको छ। स्थानीय सिंहली भाषामा 'गामा' भनेको गाउँ हो। शनिबार दिनभर प्रदर्शनकारीले राष्ट्रपति र सरकारविरुद्ध नाराबाजी गरेका थिए। दिउँसो उनीहरूले राष्ट्रपति निवासका कोठाकोठा चहारेका थिए। त्यसअघि नै सेनाले उनलाई राष्ट्रपति निवासबाट भगाएको बताइएको छ।  शनिबार दिउँसोको प्रदर्शनको मुख्य उद्देश्य राष्ट्रपति गोताबाया राजापाक्षेलाई सत्ता छोड्न बाध्य पार्नु थियो। गोटबायाविरुद्ध आन्दोलन गर्न जनताहरू पैदलै प्रदर्शनमा सहभागी भएका थिए। 

श्रीलंका पिपुल्स फ्रन्टका १६ सांसदले राष्ट्रपति गोटाबाया राजापाक्षेलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सभामुखलाई संसद बोलाउन अनुरोधसमेत गरेको बताइएको छ।  श्रीलंकाको प्रहरीले देशको बिग्रिएको अवस्थाबीच धेरै प्रान्तहरूमा कर्फ्यू लगाएको छ। शनिबार प्रहरी र प्रदर्शनकारीबीच धेरै ठाउँमा झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि थुप्रै स्थानमा अश्रु ग्यास र गोली प्रहार गरेको छ। प्रर्दशनकारीहरू अस्ट्रेलिया-श्रीलंकाको म्याच भइरहेको रंगाशालाबाहिरसम्म पुगेका थिए।

राजधानी कोलम्बोमा भएको झडपमा एक सयभन्दा बढी व्यक्ति घाइते भएको बताइएको छ। देशका अन्य स्थानमा भएको आन्दोलनमा पनि प्रहरीले आन्दोलन नियन्त्रणमा लिने सफलता गुमाउन थालिसकेको थियो। 

श्रीलंकामा आम मानिस र प्रहरी, सेना र एयरफोर्सबीच झडप हुन थालेको महिनौँ भइसकेको छ। सेनाले यहाँको पेट्रोल पम्पको निगरानी गर्ने जिम्मा पाएको छ। स्कुल-कलेज र अस्पताल बन्द छन्। देशका विभिन्न स्थानमा विरोध भइरहेपनि आन्दोलनकारीको निशाना पछिल्ला दिन राजधानी केन्द्रित छ।

Metro Mart
vianet
शनिवार राष्ट्रपति निवास घेर्नुअघि उनका भाई तथा पूर्वप्रधानमन्त्री महिन्दा राजपक्षेको सरकारी आवास घेराउ गरेका थिए। यसपछि उनले सेनाको शरण माग गरेका थिए। 

रासायनिक मलमा बन्देज लगाइएपछि श्रीलंकामा अन्नको उपत्पादन व्यापक मात्रामा घटेको थियो। यसले देशमा तीव्र महंगी मात्र बढेन, खाद्य संकट पैदा भयो। देश आर्थिक संकटमा फसेसँगै इन्धन आयात गर्ने पैसा नहुँदा मानिसहरूका घरमा ग्यास बल्न छोड्यो। त्यसै पनि महँगी चर्किएकै थियो।  ग्यासको कमीका कारण मध्यमवर्गीय परिवारले पनि खानेकुरा कम पकाउन थाले। महँगी पनि यसको अर्को कारण थियो। गत मे महिनामा महँगी करिब ४० प्रतिशले बढेको थियो। जुनमा आइपुग्दा महँगी दर बढेर ५५ प्रतिशत पुग्यो। खाद्य पदार्थमा ८० प्रतिशतसम्म महँगी भएको छ। श्रीलंकामा भोकमरीको समस्या निम्तिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। खानेकुराको अभावका कारण उनीहरूले आफ्ना बालबच्चालाई १२ बजेसम्म सुताउन थालेका समाचारहरूमा उल्लेख गरिएको छ। 

दैनिक गुजाराका सामग्रीसमेत अभाव हुन थालेपछि नागरिकको धैर्यको बाँध टुटेको छ। विदेशी मुद्राको सञ्चिति शून्यको तहमा झरेको छ। यसकारण उसले चाहेर पनि आवश्यक सामग्रीको आयात गर्न सकेको छैन। ईन्धनको तीव्र अभाव छ। पेट्रोल-डिजल किन्नका लागि मानिसहरू लामो लाइनमा बस्न बाध्य छन्। पेट्रोलपम्पको लाइन जति बढ्छ, त्यति नै  सरकारप्रति नागरिकको आक्रोश  बढ्दै गएको थियो। 

प्रकाशित: Jul 09, 2022| 22:03 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।