आइतबार, असार ७, २०८३

ऊर्जामन्त्री भुसालद्वारा नखिपोटमा बहुउपयोगी कभर्ड हल उद्घाटन

सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको शनिबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

ललितपुर- ललितपुर महानगरपालिका–१४ नखिपोटमा बहुउपयोगी कभर्ड हल निर्माण गरिएको छ।

National life

सरकार र स्थानीयवासीको दुई करोड ५० लाख लगानीमा निर्माण गरिएको सो कभर्ड हलको शनिबार एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।

सो अवसरमा उनले स्थानीय जनताको सक्रियतामा निर्माण भएको कभर्ड हलको उपयोगबाट जनताको स्वास्थ्य सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्। मन्त्री भुसालले सो कभर्ड हलको उचित संरक्षण र मर्मतसम्भार गर्दै उपयोगमा ल्याउन आग्रह गरिन्।

'तीन तहका सरकारका समन्वयबाट जनतालाई सेवा दिने हो, त्यसका लागि निरन्तर पहल गरिरहेको छु', उनले भनिन्।, 'आगामी दिनमा जनताको आवश्यकताअनुसार खानेपानी, सडकलगायत पूर्वाधार निर्माणलाई मैले प्राथमिकता दिनेछु।' मन्त्री भुसालले स्वदेशी उत्पादनको प्रवर्द्धन र उपयोग गर्दा नै राष्ट्रियता सबल हुने उल्लेख गर्दै स्वदेशमै उत्पादित कृषिजन्य वस्तुको उपयोगलाई बढावा दिनुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले खेल र स्वास्थ्यलाई मध्यनजर गर्दै आफूले कभर्ड हल निर्माण गर्न सहजीकरण गरेको बताए। उनले ललितपुरमा एक दर्जन बढी त्यस्ता कभर्ड हल निर्माण सम्पन्न भएको जनाए।

Shivam cement

प्रकाशित: Jul 09, 2022| 20:30 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...