सोमबार, साउन २५, २०८३

स्थानीय तह निर्वाचनका अन्तर्घाती खोज्न माओवादीमा बन्यो समिति

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो ।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा समिति गठन गरेको हो।

समितिका अन्य सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेका छन्। पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठकमा स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको विषय बैठकमा उठेपछि छानबिन समिति गठन गरिएको बताए।

त्यस्तै, माओवादीले पार्टीको विद्यार्थी संगठनमा समस्या देखिएकाले त्यसलाई समाधान गर्न पनि सुझाव समिति गठन गरेको छ। समितिमा पूर्वविद्यार्थी नेतात्रय रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेका छन्।

समितिले सुझाव बुझाएपछि स्थायी समितिले त्यसबारे आवश्यक निर्णय गर्ने प्रवक्ता महराले जानकारी दिए।

प्रकाशित: Jul 09, 2022| 12:17 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...