काठमाडौं- प्रकृतिमाथि जति आक्रमण गर्यो त्यति नै आक्रमण हामीलाई प्रकृतिले गर्छ। हामी जति प्रकृतिको दोहन गर्छौं, सजायस्वरुप प्राकृतिक विपद्का घटना बढ्दै जान्छन्। अर्थात् जब मानवता हराउँछ, तब प्रकृतिको स्वरुप पनि बदलिन्छ।
प्राकृतिक स्रोतको दोहनले प्रकृति त कुरुप बन्छ नै, हाम्रो समाज र समाजमा रहेका प्राणीको पनि अस्तित्व सकिन्छ। किनभने प्रकृति नै नरहे मानिस र मानवताको अर्थ रहँदैन। मानिसले आफ्नो लाज छोप्न कपडा त लगाएका छन् तर प्रकृतिको अलौकिक गहना उतारेर प्रकृतिलाई नङ्ग्याइरहेका छन्।
प्रकृतिमा रहेका मानिसले नै प्रकृतिलाई नष्ट गरिरहेका छन्। चुरे, नदीनाला, वन, वातावरणको दोहनका कारण अहिलेको समाज रङ हराएको छ।
देशका मुख्य सहरको त कुरै छाडौं- गाउँका वन, जंगल पनि उजाड छन्। प्राकृतिक स्राेतको दोहनका कारण नै देशले अहिले जलवायु परिवर्तनजन्य विपद्को सामना गरिरहेको छ।
समग्रमा भन्दा प्राकृतिक स्रोतहरु मासिँदै छन्। काठमाडौं उपत्यकाको त कुरा नै गर्नु पर्दैन। हराभरा त छैन नै, टाढा डाँडाकाँडार वनजंगलहरुको समेत दोहन भइरहेको छ। ललितपुरका टीकाभैरव,नल्लु, देवीचौर र लेले क्षेत्रलाई यसको उदाहरणका रुपमा लिन सकिन्छ। यहाँस्थित वनजंगलभित्र पनि ढुंगा खानी र क्रसर उद्योगले वन फँडानी हुँदा उजाड छन्। यहाँबाट उभिएर हेर्दा डाँडापाखा पहिरोले बगाएझैं विरक्त देखिन्छन्। बस्ती बाढीले बगाएको बगरजस्तो छ।
वर्षौंदेखि ढुंगा खानी र क्रसर उद्योगले यहाँको यस्तो हालत भएको हो। निजी जग्गामा सञ्चालित खानी र क्रसरले पछिल्लो समय सीमा मिचेर खोला र जंगल मासेका छन्। ढुंगा खानी निजी जग्गा छोडेर जंगल पसेपछि अवस्था विकराल बनेको छ।
खानीले खोतलेको पहाडमा पछिल्लो समय अनगिन्ती पहिरो जाँदा जंगल मासिएको छ। तर पनि स्थानीय सरकार भने मौन छ। सरकारको मौनताले नै बुझ्न सकिन्छ कि देशका विभिन्न स्थानमा प्रकृतिमाथि कस्तो हस्तक्षेप भइरहेको होला? सरकार, समाज र सरोकारवाला निकाय सबै मिलेर प्रकृतिको संरक्षण नगर्ने हो भने भावी दिनमा हराभरा भूमि बाँझो र कंक्रिट बन्ने अवस्था सिर्जना नहोला भन्न सकिँदैन। त्यसैले प्रकृति केवल मानव जातिका लागि बनेको हो भन्ने भ्रम छाडेर जगतका सबै प्राणीका लागि यसको संरक्षण गर्नेतर्फ लाग्नुपर्छ।
तस्बिर : न्युज एजेन्सी नेपाल_(1)-1657345180.jpg?p=480X320&s=b33667158bec2cbaf4c71240d127f81e)
_(1)-1657345180.jpg?p=480X320&s=09da45c2806a04284d9f7cf2aff83cf9)
_(1)-1657345180.jpg?p=480X320&s=7e193a5ee52534a7b69871b85fc81b1c)
_(1)-1657345180.jpg?p=480X320&s=2e5cad1bcd8361f657a671c9c6b22806)
_(1)-1657345180.jpg?p=480X320&s=8a2e35c29c7cb91851ce6253783a73e2)
_(1)-1657345179.jpg?p=480X320&s=b3d9d1bc97bb4603e3ded47bb3e770c0)
_(1)-1657345179.jpg?p=480X320&s=5afce641d2d5b57debf9cf9154b10868)
_(1)-1657345179.jpg?p=480X320&s=dc759750ce14359aed971fbe12d80e53)