सोमबार, साउन २५, २०८३

बुढीगंगाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले बढाए अग्रता

बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता बढाएका छन्। मेयरमा एमाले उम्मेदवार रामबहादुर बानियाँले मतान्तर बढाएका हुन्।
 |  शनिबार, असार २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार २५, २०७९

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता बढाएका छन्। मेयरमा एमाले उम्मेदवार रामबहादुर बानियाँले मतान्तर बढाएका हुन्। 

मतगणनाको सुरुवातदेखि अग्रता लिएका बानियाँले त्यसलाई कायमै राख्दै मतान्तर बढाउदै लगेका छन्।

३६४८ मत गणना हुँदा बानियाँले २१९६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन्।

उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का (कुवँर) ले २१७२ मत प्राप्त गरेकी छन्। कांग्रेसकी रीता शाहीले १२६२ मत ल्याएकी छन्।

अहिलेसम्म वडानम्बर १, ९ र १० को मत गणना सकिएको छ । यी वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर २ को मत गणना भइरहेको छ। जसमा एमालेकै उम्मेदवारको अग्रता छ।

प्रकाशित: Jul 09, 2022| 10:18 शनिबार, असार २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...