आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • फेरि नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

फेरि नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने सरकारको निर्णय

सरकारले शुक्रबार फिर्ता लिएको नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा नागरिकता सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं- सरकारले शुक्रबार फिर्ता लिएको नागरिकतासम्बन्धी विधेयक संसद्‌मा दर्ता गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा नागरिकता सम्बन्धी विधेयक दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

National life

गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार नै यसअघि दर्ता गरिएको नागरिकतासम्बन्धी विधेयध फिर्ता लिने प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्ताव संसद्‌मा बहुमतका साथ पारित भएपछि उक्त विधेयक फिर्ता भएको थियो। उक्त विधेयकमा केही गम्भीर कुरा भएकोले त्यसलाई परिवर्तन गर्दै नयाँ विधेयक दर्ता गरिने गृहमन्त्री खाणले बताएका थिए। 

नयाँ ल्याइने नागरिकता सम्बन्धि विधेयकमा गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेकका अन्य अधिकार उपभोग गर्न पाउने गरी व्यवस्था गरिनेछ। गत साता बसेको मन्त्रिपरिषद् बैठकले संसदीय समितिबाट पास भएर अन्तिम चरणमा पुगेको विधेयक फिर्ता लिने निर्णय गरेको थियो। 

नागरिकता विधेयक २०७५ साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएको थियो। यो विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश भएको थियो। संसदमा पेश भइसकेपछि मन्त्रिपरिषदले निर्णय गरेर मात्रै विधेयक फिर्ता लिन सक्ने व्यवस्था भएकोले शुक्रबार फिर्ता गरिएको हो। 


Shivam cement

प्रकाशित: Jul 08, 2022| 20:29 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...