सोमबार, साउन २५, २०८३

राजा ज्ञानेन्द्रले पढेको वक्तव्य आफैंले ड्राफ्ट गरेको ओली दाबी

२०६३ मा आफूले तयार गरेको ड्राफ्ट राजा ज्ञानेन्द्रले हुबहु पढेर प्रतिनिधिसभा व्युँताएको ओलीको धारणा।
 |  शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले २०६३ वैशाख ११ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको वक्तव्य आफैंले लेखेको दाबी गरेका छन्।शुक्रबार च्यासलमा आयोजित छविलाल स्मृति तथा रक्तदान कार्यक्रममा ओलीले तत्कालीन समय राजा ज्ञानेन्द्रले दलहरुले तयार गरेको पत्रकै आधारमा सम्बोधन गरेको बताएका हुन्।

सम्बोधनको ड्राफ्ट एमाले केन्द्रीय कार्यालयमा आफैंले तयार गरेको उनको भनाइ छ। ‘एमाले पार्टी कार्यालय बल्खुमा रुद्राक्षको बोटमुनि बसेर तत्कालीन राजाको सम्बोधनको ड्राफ्ट मैले गरेको थिएँ,’ ओलीले भने। आफूले तयार गरेको ड्राफ्ट राजा ज्ञानेन्द्रले हुबहु पढेको उनले बताए।

आफैंले ड्राफ्ट गरेको सम्बोधनको पत्र तत्कालीन राजा ज्ञानेन्द्रले पढेपछि संसद् पुनःस्थापना भएको ठोकुवा उनको छ। सोही ड्राफ्टको आधारमा जनताको नासो जनतालाई फर्काइदिएको भनी ज्ञानेन्द्रले घोषणा गरेको उनले सुनाए।

प्रकाशित: Jul 08, 2022| 15:44 शुक्रबार, असार २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...