आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भीम रावलको प्रश्न- एसपीपीबारे प्रधानमन्त्रीले किन पत्र पठाउनुभएन?

भीम रावलको प्रश्न- एसपीपीबारे प्रधानमन्त्रीले किन पत्र पठाउनुभएन?

नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेकिरी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

काठमाडौं- नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले भित्रभित्रै अमेकिरी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा सम्झौता गर्ने काम अघि बढाइरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैकठपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद रावलले यस्तो बताएका हुन्।

National life

एसपीपी स्वीकार नगर्ने भनेर अमेरिकालाई पत्र पठाउन ढिलाइ गर्नुको कारणबारे पनि उनले प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए। सरकारले एसपीपीमा जोडिने रणनीति गरिरहेको कुरा सुनिएको समेत उनको आरोप छ। एसपीपीबारेमा गहन अध्ययन र खोजको आवश्यक्ता रहेको उनको भनाइ छ। 

सांसद रवलले सम्झौता अघि नबढाउने बारेमा मन्त्रीहरुले नै संसदमा स्पष्ट पार्दासमेत प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्र नपठाउनु नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्नको लागि साझेदारी कार्यक्रममा कुनै न कुनै किसिमले नेपाललाई अल्झाइरहने चलखेल गर्न लागिएको उल्लेख गरे। 

 ‘अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपी यो हिन्द प्रशान्त रणनीतिको अंग भएको हुनाले यसको सदस्य नेपाल हुन सक्दैन। यो कार्यक्रमलाई अघि बढाउन सकिँदैन भनेर स्वयं मन्त्रीहरु, पार्टीका नेताहरुले भनिरहेका छन्,' रावलले प्रश्न गरे, 'तर अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको यतिको दिन भइसक्यो, प्रधानमन्त्रीको तर्फबाट सदनमा गृहमन्त्रीले अघि नबढाउने भनेको यति दिन भइसक्यो, तर प्रधानमन्त्री शेरबहादुर देउवाजीले यत्तिका दिनसम्म के कारणले नेपाल अमेरिकी राज्य साझेदारी कार्यक्रमको सदस्य बन्दैन भन्ने पत्र किन नपठाउनु भएको?' 

सांसद रावलले नेपालको परराष्ट्र नीति नेपालको संविधान बमोजिम नेपाल कुनैपनि देशको राजनीतिक र सामरिक गठबन्धनमा सामेल हुन नमिल्ने उल्लेख गर्दै कोही प्रधानमन्त्री वा सरकारले त्यो काम गरे जनता र देशमाथिको घात हुने उल्लेख गरेका थिए। 

Shivam cement

प्रकाशित: Jul 07, 2022| 22:02 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...